पोर्चुगलमा दुई हप्ताको बिचमा २ नेपालीको निधन

पोर्चुगलमा दुई हप्ताको बिचमा २ नेपालीको निधन
युरोपनेपाली खबर २०७८ साउन १९ बुधबार, 04-08-2021


 लिस्वन । पोर्चुगलमा दुई साताको अवधिमा २ नेपाली महिलाको निधन भएको छ । जुलाई २० मा ७२ बर्षिया सुकमाया परियार र अगष्ट ३ मा ४० बर्षिया देविमाया गर्बुजा पुन मगरको निधन भएको हो ।

विगत पाँच बर्षअघि पोर्चुगल आएकी पर्वत स्थायी घर भएकी ४० बर्षिया देविमाया गर्बुजा पुन मगरको मंगलबार निधन भएको छ । उनको आफ्नै घरमा उपचारका क्रममा निधन भएकोे गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले जानकारी दिए ।

यस्तै दुई साताअघि कास्कीस्थित पोखरा महानगरपालिका स्थायी घर भएकी सुकमाया परियारको निधन भएको थियो । परियारको उपचारकै क्रममा निधन भएको थियो । उनि निमोनियाबाट ग्रसित थिइन ।

पोर्चुगलमा २ बर्षको यो अवधिमा मात्रै २९ जना नेपालीको निधन भएको छ । जुन घटना नेपाल र नेपालीका लागि निकै दुखदायी भएको संघका अध्यक्ष गैरेले बताए । उनीहरुको निधनपति संघ तथा यहाँस्थित सबैजसो संघ संस्थाहरुले श्रद्धान्जली अर्पण गरेका छन ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित