विश्वव्यापी पढिंदै नेपाली चेली बिष्णुमायाको कथा

विश्वव्यापी पढिंदै नेपाली चेली बिष्णुमायाको कथा
युरोपनेपाली खबर २०७८ भदौ ९ बुधबार, 25-08-2021

राजन घिमिरे-

जीवनमा सबैभन्दा ठूलो कुरा त निरन्तरता नै हो रहेछ । तपाई जे गर्नु हुन्छ, मनदेखी गर्नुस, पूरा ध्यान दिएर समर्पित हुनुहोस र आफूले रोजेको, सोचेको र छानेको बिधा वा क्षेत्रमा लिप्त भएर लाग्नुस । सफलता र वाहवाही तपाईको दास बनेर आउने छ । एकदिन तपाईको चौतर्फी प्रशंसा हुने छ भने तपाईको उच्चतम कर्मका लागि ताली बर्सने छ, जस्तै डा. बिष्णुमाया परियारको आज विश्वव्यापी चर्चा र गुणगान गाईंदै छ ।

आज नेपाली चेली बिष्णुमाया परियारलाई नचिन्ने र उनको बारेमा धेरैजना विज्ञ भैसकेका छन् । उनले सामाजिक अभियानको बारेमा चलाएको बहस, गरेको त्याग, जमर्को अनि पाएको सफलता नेपाल र नेपालीहरूका लागि गौरवको कुरा बनेको छ । बिष्णुले दाम त कमाईनन् होला तर दामभन्दा पनि ठूलो नाम,मान, इज्जत र सान हात पारेकी छन् । जुन हैसियत र उचाईलाई दामले कहिल्यै पनि किन्न सकिँदैन ।

अब बिष्णुमाया परियारको संघर्ष,जीवन, दुखदायी पिडा र सफलता बिश्वब्यापी पाठ्यपुस्तकमा पढ्न पाईने भएको छ । यी सामाजिक अभियन्ता परियारको पारिवारीक जीवनकथा अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा.लिसा राइट होफ्नरद्रारा लिखित ‘ द राईटर्स माइण्डसेट’ पुस्तकमा उल्लेख गरेको छ । जून पुस्तकमा ५१ जनाको जिबनकथा समेटिएको छ

डा. विष्णुमाया सन १९९९ मा अमेरिका पुगेकी थिइन् ।उनले अमेरिकामा मात्र एक सेमेस्टर अंग्रेजी मात्र पढेकी हुन् । त्यसपछि उनलाई पाइन म्यानर कलेजले पूर्ण छात्रवृत्ति दियो । कलेजमा आएर पनि उनले टप गरिन् । उनी कलेजमा एक्सीलेन्ट पोलिटिकल साईन्स अवार्ड जित्न सफल भइन् । त्यतिमात्र होइन कलेजले दिने प्रेसिडेन्ट कप अवार्डलगायत चार वटा उत्कृष्ट अवार्ड जित्न सफल भइन् । उनले त्यहिँ पाइन म्यानर कलेजबाट २००४ सोसल एण्ड पोलिटिकल सिस्टममा ब्याच्लरर्स डिग्री गरिन् । अध्ययन पछि विष्णुमायाले एक वर्ष ओपिडीमा डोमेस्टिक भायलेन्स एड्भोकेटको रुपमा काम गरिन् । जहाँ उनलाई महिला हिंसा सम्बन्धि धेरै अनुभवहरु बटुल्ने र घरेलु हिंसाको बारेमा धेरै कुराहरु सिक्ने मौका मिल्यो ‘ यही अध्ययन र सर्कलबाट सामाजिक अभियान शुरू गरियो । सबैको साथ , माया र सदभाबले नै आजको दिन देख्न पाइएको हो । सबैमा हार्दिक आभार ‘ अमेरिकाबाट बिष्णुले भनिन् ।

अब बिष्णुमाया परियारको संघर्ष,जीवन, दुखदायी पिडा र सफलता बिश्वब्यापी पाठ्यपुस्तकमा पढ्न पाईने भएको छ । यी सामाजिक अभियन्ता परियारको पारिवारीक जीवनकथा अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा.लिसा राइट होफ्नरद्रारा लिखित ‘ द राईटर्स माइण्डसेट’ पुस्तकमा उल्लेख गरेको छ । जून पुस्तकमा ५१ जनाको जिबनकथा समेटिएको छ । बिष्णुमाया एक मात्र नेपाली हुन ।

चालिस भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित डा. बिष्णुमाया परियारले अरूलाई देखाउन र चर्चामा आउन कहिले पनि सामाजिक काम गरिनन् । जे गरिन, मनदेखी र उचो सोच अनि उद्देश्य लिएर गरिन । आज सस्तो चर्चा कमाउंन , अरूलाई देखाउंन र गाली गर्न मात्र समाजिक अभियन्ता बनेर खोक्दै हिड्ने केहीहरूले बिष्णुमायाबाट धेरै सिक्न सक्छन ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित