बागलुङ समाज पोर्चुगलको अधिवेशन आगामी सेप्टेम्बर ५ मा हुँदै

बागलुङ समाज पोर्चुगलको अधिवेशन आगामी सेप्टेम्बर ५  मा हुँदै
युरोपनेपाली खबर २०७८ भदौ ९ बुधबार, 25-08-2021


लिस्वन । बागलुङ समाज पोर्चुगलको दोस्रो अधिवेशन आगामी सेप्टेम्बर ५ तारिखका दिन हुने भएको छ । अधिवेशन राधाकृष्ण मन्दिर Alameda mahatma Gandhi,1600-500, lumiar, Lisbon लुमियारमा हुने भएको छ । अधिवेशन दिनको २:०० बजे सुरु हुनेछ ।

समाजले यसअघि जुलाई १८ मा अधिवेशन गर्ने योजना बनाएको थियो तर राजधानी लिस्वन लगायत मुलुकभर कोरोनाको संक्रमण दरमा बृद्धि भएपछि सेप्टेम्बर ५ लाई अधिवेशन सारेको थियो  ।  

अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष खड्काको संयोजकत्वमा अधिवेशन आयोजक मुल समिति र विभिन्न सातवटा उपसमिति समेत गठन भइ तीब्र रूपमा तयारी भइरहेको  अध्यक्ष खड्काले जानकारी दिए ।

अधिवेशन सम्पन्न गर्न हरी पुनको संयोजकत्वमा नयाँ सदस्यता तथा नविकरण उपसमिति बनाइएको छ । ओम कार्कीको संयोजकत्वमा कार्यक्रम व्यबस्थापन उपसमिति, छवि पौड्यालको संयोजकत्वमा विधान संशोधन उपसमिति, केशव केसीको संयोजकत्वमा आर्थिक व्यबस्थापन उपसमिति, सञ्जन हमालको संयोजकत्वमा, प्रचार–प्रसार उपसमिति र सुजाता गौतमको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन भएको छ ।                                                                                                                 अधिवेशनका लागि  निर्बाचन समितिको संयोजकमा भिम के .सी कमल सदस्यहरुमा बम बहादुर जि .सी र सदस्य हुत राज पुन मगर रहेका छन् ।

अध्यक्ष खड्काका अनुसार कोरोना संक्रमणबाट सचेतता अप्नाउदै पोर्चुगल सरकारको स्वास्थ्य मापदण्ड अनुसार तयारी गरिएको बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित