युरोपेली मुलुक लक्जेम्बर्गको रेस्टुरेन्ट मालिकले एक नेपालीलाई भयानक श्रम शोषण (भिडियो)

युरोपेली मुलुक लक्जेम्बर्गको रेस्टुरेन्ट मालिकले एक नेपालीलाई भयानक श्रम शोषण (भिडियो)
युरोपनेपाली खबर २०७८ भदौ ११ शुक्रबार, 27-08-2021


युरोप । अहिले नेपाली डायस्पोरा मिडियामा लक्जेम्बर्जको एक घटना निकै चर्चाको बिषय बनिरहेको छ।

लक्जेम्बर्जको कानुन अनुसार कुनै पनि घटनामा आरोप पुष्टि नहुदा सम्म आरोपित व्यक्ति र संस्थाको नाम खुलाउन पाईदैन।

करिब सात बर्ष अघि कुकका रुपमा नेपालीकै रेस्टुरामा आएका बिचारीको (नाम परिवर्तन ) कहानी एक चलचित्रको भन्दा कम छैन।

मानसिक र शारीरिक शोषणले सिमा पार गरेपछि आरोपित नेपालीको रेस्टुरामा काम गर्ने अहिले बिचारी र अन्य तिन जनाले लक्जेम्बर्ग प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो।

सात बर्ष देखि न उचित तलब (करारमा लेखिएको तलब बैंक खातामा पठाएर रेस्टुरा मालिकले पुन फिर्ता माग्ने गरेको ), दैनिक कम्तिमा १८ घण्टा काम लगाउने गरेको, कुनै बिदा र छुट्टी दिन मनाही गरेको आदि कारणले बाध्य भएर प्रहरीमा उजुरी दिएको बिचारीले बताएका छन।

पिडितहरुका अनुसार रेस्टुरा मालिकले पासपोर्ट समेत बन्धक बनाएर राखेका छन् भने कुक भनेर नेपालबाट झिकाएका श्याम लगायतलाई निजि घरायसी काम समेत लगाउने गरेको, खान र बस्नलाई निकै न्यून स्तरको ब्यबस्था गरेको आदिका कारण उजुरी दिन बाध्य भएको बताएका छन्।

ति रेस्टुरा मालिकले आर्थिक र शारीरिक शोषण त गर्थे नै, पछिल्लो पटक केही स्टाफको व्यक्तिगत मामिलामा (परिवार र श्रीमतीको बारेमा अनर्गल प्रचार आदि ) समेत गरेर मानसिक शोषण गर्न थालेपछि बाध्य भएर बिचारी लगायतले प्रहरीमा उजुरी दिएका हुन्।

लक्जेम्बर्ग प्रहरीमा जुलाईमा उजुरी परेपछि घटनाको सूक्ष्म  अनुसन्धान भईरहेको बताईएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित