साईप्रसमा एक नेपाली युवाको दुर्घटनामा मृत्यु, एक महिला गम्भिर घाईते

साईप्रसमा एक नेपाली युवाको दुर्घटनामा मृत्यु, एक महिला गम्भिर घाईते
युरोपनेपाली खबर २०७८ भदौ १६ बुधबार, 01-09-2021


युरोप । युरोपियन देश साईप्रसमा हिजो भएको मोटरसाईकल दुर्घटनामा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक जना गम्भिर घाईते भएका छन । साईप्रस प्रहरीले नेपाली कन्सुलेट अफ साईप्रसलाई दिएको रिर्पोटका अनुसार मृतक कपिलबस्तु जिल्लाका २४ बर्षिय तुलसी भुसाल रहेको र सर्लाही स्थायी घर भएकी करिब ३० बर्षिय महिला मिरा घिसिङ गम्भीर घाईते हुनुभएको जनाएको छ ।

मृतक भुषालको शव अहिले लार्नाकाको मोरतुवारीमा राखिएको छ भने गम्भीर घाईते हुनुभएकी मिरालाई थप उपचारका लागि राजधानी निकोसिया रिफर गरिएको साईप्रसका संचार माध्यमहरुले समाचारमा छापेका छन । घटनाको सम्बन्धमा बुझेका व्यक्तिहरुका अनुसार दिउँसो साढे पाँच बजेको आसपासमा भएको बताइए पनि प्रहरीले मंगलवार साँझ करीब साढे ६ बजे डेरिनियाको एक्रोपोलोस राजमार्गमा उक्त घटना घटेको जनाएका छन ।

प्रारम्भिक अनुसंधानको नतिजा अनुसार मृतकले आफुले चलाएको सवारीको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना घट्न गएको खुलाएको छ । र मोटर साइकलमा सवार दुवैजना पर्खालमा ठोक्किएर भुषालको तत्काल मृत्यु हुन गएको प्रहरीले पुष्टि गरेको छ । सवारी नियम बिरुद्ध दुबैजनाले हेलमेट प्रयोग नगरेको प्रहरीले बताएको छ ।

नेपाली अबैतनिक बाणिज्य राजदुताबास साईप्रसका प्रमुख डा. रामजिवन पन्जियारका अनुसार मृतक भुषालको परिवारसगं सम्पर्क गर्न आफु र एनआरएन साईप्रसका पुर्ब संरक्षक सुबास मल्ल लागिपरेको जानकारी दिनु भयो । डा. पन्जियारले स्वर्गीय भुषालको शव साईप्रसको कानुनी प्रक्रिया पुर्याएर परिवारको सहमतिमै सबै कार्यहरु गरिने बताउनु भयो ।

उता साईप्रसका लागि नेपाली राजदुतावास ईजरायलले मृतक भुषालको परिवारसग कुराकानी भईरहेको , गम्भिर घाईते हुनुभएकी मिराको उपचारका विषयमा पनि कन्सुलेट लगाएत साइप्रसमा रहेको सम्बन्धित निकायहरुसंग छलफल भैरहेको जनाएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित