मोना पोर्चुगलको अधिवेशन सम्पन्न अध्यक्षमा रबिन पुन, महासचिवमा दिपु फगामी

मोना पोर्चुगलको अधिवेशन सम्पन्न  अध्यक्षमा रबिन पुन, महासचिवमा दिपु फगामी
युरोपनेपाली खबर २०७८ भदौ १७ बिहीबार, 02-09-2021


लिस्वन । पोर्चुगलस्थित म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलको अध्यक्षमा रबिन पुन चयन भएका छन । गत आइतबार सम्पन्न सातौं अधिवेशनबाट पुनको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन भएको हो । पुन म्याग्दीस्थित मालिका गाउँपालिका–१ निस्कोटका स्थानीय हुन ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सविन शाही चयन भएका छन । समितिको उपाध्यक्षहरुमा नर फगामी, नारायण तिलिजा, मोहन राना चयन भए भने महिला उपाध्यक्षमा देवी गर्वुजा चयन भएकी छिन ।

उता समितिको महासचिवमा दिपु फगामी, सचिवमा तेजेन्द्र छन्त्याल, कोषाध्यक्षमा राजिन भण्डारी, सह–कोषाध्यक्षमा रविन पाईजा, खेलकुद संयोजकमा किसान श्रेष्ठ, युवासंयोजकमा विकास सुवेदी, साँस्कृतिक संयोजकमा एलिजा राम्जाली चयन भएका छन ।

त्यस्तै आगामी कार्यकालका लागि सदस्यहरुमा मिलन पुर्जा, उमा वुदुजा, दिवस भण्डारी, कविन सेन, अर्विन पुन, ज्ञान बुढाथोकी, उमेश छन्त्याल, सुवास मल्ल, इन्द्र केसी, देविन तिलिजा, दीपक गुरुङ, राजेन्द्र सापकोटा चयन भएका छन ।

यसैबीच समितिको संरक्षकमा धन थापा चयन भए भने महिला संरक्षकमा दुर्गा पाइजा, सल्लाहकारमा लक्षुन रोका र रविन थापा चयन भएका छन ।

नवनिर्बाचित अध्यक्ष पुनले मोनालाई पुराना कार्यक्रमलाई निरन्तरता दिदैं आगामी दिनमा नयाँ उर्जा र कार्यक्रमका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मोना अन्तर्राष्ट्रिय कार्यसमिति युरोपका संयोजक निरोज कार्कीले आगामी दिनमा संस्थालाई थप बलियो बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित