महिला समाज पोर्चुगलले भोली सेप्टेम्बर ५ मा दर खुवाउँदै, तीज मनाउँदै

महिला समाज पोर्चुगलले भोली सेप्टेम्बर ५ मा दर खुवाउँदै, तीज मनाउँदै
युरोपनेपाली खबर २०७८ भदौ १८ शनिबार, 04-09-2021


युनेख, ४ सेप्टेम्बर, लिस्बन । नेपाली महिला समाज पोर्चुगलले नेपाली नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा दर खुवाउँदै तीज मनाउने भएको छ । समाजले पोर्चुगलमा रहेका नेपाली दिदीबहिनीहरुको विशेष जमघटका बीच भोलि सेप्टेम्बर ५ तारिख आइतबार लिस्बनमा तीज मनाउन लागेको महिला समाजद्वारा जारी सूचनामा जनाइएको छ कार्यक्रम अनौपचारिकरूपमा तर गीत, संगीत र नृत्यको रमाइलो रमझमका साथ सम्पन्न गर्ने तयारी रहेको आयोजकहरुले जनाएका छन्  ।

लिस्बनस्थित Praca de Espanha को  ओक मुन्डु रेस्टुरेन्ट (Wok mundo Restaurant) रेस्टुरेन्टमा बेलुका ६ बजेदेखि राति १० बजेसम्म सांगितिक माहोल र दर डिनरसहित कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रम उपस्थितिकालागि समाजले सबै दिदिबहिनी र दाजुभाइहरुलाई समेत अनुरोध गरेको छ ।

हेर्नुहोस् महिला समाजको सूचना जस्ताको तस्तै : 

नमस्कार 

सम्पूर्ण पोर्चुगलबासी  दाजुभाइ तथा दिदिबहिनीहरु,

सर्बप्रथम त नजिकै आइरहेको हरितालिका तीजको अबसरमा सम्पूर्ण दाजुभाइ  तथा दिदिबहिनीहरुलाइ हार्दिक शुभकामना  व्यक्त गर्दछौँ ।

साथै नेपाली महिला समाज पोर्चुगल को आयोजना मा आगामी आइतबार 5 sep मा  Praca de Espanha को  wok mundo restaurant मा तीज विशेष तथा दर खाने  कार्यक्रम हुन गइरहेको छ।

हामीले बर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अनौपचारिक रुपमा कार्यक्रम गर्ने निर्णय गरेको हुँदा कुनै पनि संघसंस्थालाई पत्रको माध्यमबाट आमन्त्रण गरेका छैनौँ। अनौपचारिक रुपमा कार्यक्रमको आयोजना गरेका छौं। उक्त दिन समय मिल्नुहुने पोर्चुगलबासी  सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई  उपस्थिति भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

धन्यवाद।

आयोजक

 नेपाली महिला समाज पोर्चुगल।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित