विश्व मगर संघ बेल्जियमको अध्यक्षमा लोक राना पुनः निर्वाचित

विश्व मगर संघ बेल्जियमको अध्यक्षमा लोक राना पुनः निर्वाचित
युरोपनेपाली खबर २०७८ भदौ २२ मंगलबार, 07-09-2021

इन्दिरा चाम्लिंग, ब्रसेल्स । विश्व मगर संघ बेल्जियममा लोक राना अध्यक्ष पुननिर्वाचित हुनुभएको छ ।

लुभेन स्थित ग्रोसरी हलमा अन्तरास्ट्रिय मगर महासंघका महासचिव बिरमान घर्ती मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसनबाट विश्व मगर संघ बेल्जियमको पाँचौं अधिवेशनबाट राना पुनःनिर्वाचित हुनुभएको हो ।

हिजो सम्पन्न उक्त अधिवेशनबाट सर्बसम्मत रूपमा दोश्रो पटक पनि लोक रानामगर अध्यक्षतामा चयन हुनुभएको हो ।

विभिन्न क्षेत्रीय संयोजक सहित पहिलो बैठकले बाँकी पदपुर्ति गर्ने र सल्लाहकारहरुको चयन गर्ने सहमति सहित२१ सदस्यीय कार्य समितिको चयन गरिएको छ भने अधिवेशनको हलबाट बिधान संशोधनका लागि नयाँ कार्यसमितिलाई जिम्मा समेत दिइएको छ ।

अधिवेशनबाट निर्बाचन आयोग संयोजकमा बिरमान घर्ति मगर, सदस्यहरुमा नेत्र मगर, लाल पाईजा, साईमन आले दिल आले निर्वाचित हुनुभएको छ ।

त्यस्तै नयाँ कार्य समितिको अध्यक्षमा लोक राना मगर, वरिष्ठ उपाध्यक्षमा निता बुदुज पुन, उपाध्यक्षमा बल बहादुर पुन, उपाध्यक्षमा कमला पुन, महासचिवमा खगेन्द्र पुन , सहसचिवमा शुशिला रोका, कोषध्यक्षमा नर कुमारी पुन , सहकोषाध्यक्षमा दिपक पुन, महिला संयोजकमा यमुना रोका मगर निर्वाचित हुनुभएको छ ।

त्यस्तै, सदस्यहरुमा श्याम बुढा मगर, रिया थापा, मनकुमारि राम्जालि, क्षेत्र थापा, मकर पुन, निर्वासचत भएका छन् । साथै, आन्त्रोपेन संयोजकमा नैना पुन, गुन पुन, युवा संयोजकमा बसन्त राना, लुभेन संयोजक, ब्रुग्गे संयोजक , ब्रुसेल्स संयोजकहरु चयन हुनुभएको छ ।

संस्थाको पाँचौ अधिवेशनको सन्र्दभमा शुभकामना दिँदै संरक्षक मार्के मगर , युरोप सयोजक नेत्र मगर, बरिष्ठ सल्लाहकार , लाल प्रसाद पाइजा, बिधान संसोधन समिति संयोजक तोइना आले र अन्तरास्ट्रिय मगर महासंघका महासचिव वीर मान घर्ति मगरले कार्यक्रम सफलता को शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

मार्के मगरले बेल्जियम मगर संघको बारेमा, नेत्र मगरले युरोप मगर संघ तथा बिरमान घर्तीमगरले र अन्तराष्ट्रिय मगर महासंघका बारेमा आ–आफ्ना भनाई राख्नुभएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित