युरोप । नेपाल ऊत्पीडित जातिय समाज (NOPS) यूरोपले ५९ औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद ऊन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर “जातीय विभेद विरूद्दमा प्रवासीहरूको भूमिका" बिषयक अन्तरकृया कार्यक्रम सहित गत १७ मार्च २०२४ आइतबारका दिन कार्यक्रम सम्पन्न गरेको छ ।
नोप्स यूरोपका अध्यक्ष अर्जुन सुनारको अध्यक्षता तथा सल्लाहकार पूर्ण विश्वकर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । भर्चूअल माध्यमबाट सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नोप्स यूरोपका संस्थापक अध्यक्ष राम ब. बिश्वकर्मा हुनुहुन्थ्यो ।ऊक्त कार्यक्रममा विशेष अतिथिको रुपमा नोप्स यूरोपका सल्लाहकार योगेन्द्र वि.क. अतिथिहरु दलित एकता सन्जालका मोहन घताने, समाजसेवी होम ब. नेपाली तथा शेरबहादुर नेपाली लगायतले आफ्नो भनाईहरु राख्नुभएको थियो ।
कार्यक्रम उपस्थित सबैलाइ संस्थाका सचिव दुर्गालाल बिश्वकर्माले स्वागत र कार्यवाहक महासचिव ललित परियारले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।कार्यक्रममा विशेष रुपमा सदियौंदेखिको मानवीय विभेद तथा छूवाछुतजन्य व्यबहार बिदेशमा समेत रहेको भन्दै अन्तरकृयामा बोल्ने वक्ताहरूले त्यस प्रकारको कार्यको निन्दा गरेका थिए । नेपालमा भईरहेका न्यायपूर्ण दलित आन्दोलनलाई पूर्ण समर्थन रहेको वताउदै हरप्रकारले सहयोग गर्ने र प्रवासमा समेत अझ ससक्तढंगले अघि बढ्ने कुरामा उनीहरूको जोड रहेको थियो । कार्यक्रमको समापन गर्दै नोप्स अध्यक्ष अर्जुन सुनारले सहभागी सबैलाई धन्यबाद ज्ञापन गर्दै अन्तरकृयामा उठेका जिज्ञासा र बिषयवस्तुलाई प्रस्ट्याऊनु भएको थियो ।
FOUNDER/CHIEF EDITOR :