सुदूर पश्चिमेली नेपाली समाज पोर्चुगलद्वारा होली पर्वको भव्य आयोजना

सुदूर पश्चिमेली नेपाली समाज पोर्चुगलद्वारा होली पर्वको भव्य आयोजना
www.europenepalikhabar.com २०८० चैत १२ गते सोमबार 25-03-2024


युरोपनेपाली खबर, लिस्बन । सुदूर पश्चिमेली नेपाली समाज पोर्चुगलको आयोजनामा होली पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा मनोरन्जनात्मक देउडा तथा साँस्कृतिक कार्यक्रम लिस्बनमा भव्य रूपमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष दिपेश विष्टको सभापतित्वमा भएको कार्यक्रममा सम्पूर्ण अथितिहरु तथा उपस्थिति  दाज़ुभाई दिदीबहिनीहरुलाई समाजका सचिव पुष्करराज जोशीले बैतडी भाषामा स्वागत मन्तव्य ब्यक्त गरेका थिए। कार्यक्रमको संचालन महासचिव सुरज विष्ट र डम्मर खड़काले उल्लासमय वातावरणमा गरेका थिए।

मार्च २४ तारिख आइतबार लिस्बनको वेलाभिस्ता पार्कमा आयोजना गरिएको कार्यक्रममा नेपाली संघसंस्थाहरूका अगुवा प्रतिनिधी तथा सुदुर पश्चिमेलीहरूको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदुत मकरबहादुर हमाल, गैरआवासिय नेपाली संघ लगायतका संघसंस्थाका प्रतिनिधीहरूले शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रममा एनआरएनएका युरोप उपसंयोजक रोबर्ट लिम्बु,आईसीसी सदस्य राजकुमार थापा,आईसीसी सदस्य बिनु बस्नेत, एनआरएनए पोर्चुगल अध्यक्ष उमेश खड्का, जनसम्पर्क समितिका सभापति युबराज पन्थी, प्रवासी नेपाली मञ्चका अध्यक्ष राजाराम लामिछाने,जनप्रगतिशील मञ्च पोर्चुगलका अध्यक्ष सीता ढकाल, नेप्लीज वोमन एसोसिएसन पोर्चुगलका अध्यक्ष शान्ति अर्याल अधिकारी, नेपाल जनजाति महासंघ पोर्चुगलका उपाध्यक्ष सोनाम लामा, नेपाल पत्रकार महासंघ युरोप सचिव कलश खरेल, स्याङ्जा समाजका अध्यक्ष अर्जुन अर्याल, गुल्मी समाज कावा अध्यक्ष प्रकाश पाण्डे, नवलपुर समाजका अध्यक्ष प्रेम बुढाप्रीति लगायतका विभिन्न समाजका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदुत मकरबहादुर हमालले होली संस्कृति र परम्पराको बारेमा प्रकाश पारेका थिए। कार्यक्रममाकार्यक्रममा सुदूरपश्चिमेली समाजका सल्लाहकार पुस्पराज गिरी, पदम बायकको पनि उपस्थिति रहेको थियो । सांस्कृतिक बिभाग प्रमुख तथा राष्टिय कलाकार  अर्जुन सुनामको बेज़ोड़ प्रस्तुतिले सबैजनालाई नचाएको थियो साथै  समाजका केन्द्रिय सदस्य आनन्द कठरियाले चौधरी गितको प्रस्तुति दिएका थिए । कार्यक्रमलाई सफल बनाउन वरिष्ठ उपाध्यक्ष पदम चौधरी, उपाध्यक्ष नरेश भाट, उपाध्यक्ष एनबी साउद, कोषाध्यक्ष अशोक जोशी, सहकोषाध्यक्ष प्रेम भट्ट लगायत समाजका केन्द्रिय सदस्यहरुले कार्यक्रम सफल बनाउन सहयोग पुर्याएका थिए ।

आइतबार विदाको दिन पारेर आयोजना गरिएको कार्यक्रममा युवायुवती ,जेष्ठ नागरिक बाल बच्चाको बाक्लो उपस्थिती देखिएको थियो। एक आपसमा रंग लगाउदै शुभकामना ब्यक्त गर्दै मनाइएको कार्यक्रममा सुदुर पश्चिमको देउडा नृत्यले उपस्थित सबैको मन जितेको थियो।

कार्यक्रममा स्थानिय कलाकारले पञ्चेबाजा प्रस्तुत गरेका थिए भने बाजाको तालमा युवाहरूले नाचेर भरपुर मनोरन्जन गरेका थिए । 

सुदूरपश्चिमेली नेपालि समाज पोर्चुगलका अध्यक्ष दिपेश बिस्टले होली पर्वले असत्य माथि सत्यको सदैव बिजय निश्चित छ भनेर मन्तव्य राख्नु भएको थियो।उक्त कार्यक्रममा विदेशी नागरिकहरू पनि रंग दलेर रमाएको देख्न सकिन्थ्यो भने पार्क घुम्न आएका स्थानीय पोर्चुगिस नागरिकहरूले पनि रंगहरूको पर्व होलीको बारेमा चासोपूर्वक सोधपुछ गरिरहेको र रमाइरहेको देखिएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित