एनआरएनए नेपाली डायस्पोरा एकता समितिको पहिलो बैठकका यस्ता छन् निर्णय

एनआरएनए नेपाली डायस्पोरा एकता समितिको पहिलो बैठकका यस्ता छन् निर्णय
www.europenepalikhabar.com २०८० चैत १४ गते बुधबार 27-03-2024


पोर्चुगल । गैरआवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को गैर आवासीय नेपाली कल्याण विभाग अन्तर्गत   नेपाली डायस्पोरा एकता समिति ( NDMI ) को पहिलो आधिकारिक बैठक भर्चुयल जुम मार्फत आज बसेको छ।  बैठकको अध्यक्षता समितिको प्रमुख बाबा राजेश्वरी थापाले गरेकी थिइन् भने बैठक संचालन सदस्य सचिव अञ्जना बस्नेतले गरेकी थिइन्।  

एनआरएनए उपाध्यक्ष तथा कल्याणकारी  विभाग प्रमुख रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघले नेपाली डायस्पोरालाई के कसरी मलाबद्ध गर्न सकिन्छ र यस समितिलाई चुस्त र दुरुस्तारुप्मा गतिविधि अगाडी बढाउन निर्देशन दिए। समितिको प्रमुख बाबा राजेश्वरी थापाले  समितिको उद्धेश्य र समितिको आगामी कार्ययोजनाको बारेमा प्रष्ट पारिन।  समितिका सल्लाहकारहरुको तर्फबाट अस्ट्रेलियाका शैलेश राज भण्डारीले नेपाली डायस्पोरालाई विदेशमा सहज वातावरण बनाउन समितको सहयोग हुने रे नेपालमा पनि विदेश जानबाट नेपालीहरुलाई रोक्न रोजगारी सिर्जना गर्न समितिले काम गर्नु पर्नेमा जोड दिए। विभिन्न देशका एनआरएनए अभियन्ताहरु र ठुलो संख्यामा युवा सदस्यहरु रहेको यस समितिका सल्लाहकारहरुको तर्फबाट अस्ट्रेलियाका शैलेश राज भण्डारीले प्रतिनिधित्व गरेका थिए भने समितिका सदस्यहरु अनुजा गौतम, तिर्थ राज धमला, इन्दिरा कटुवाल, दिनेश बैदवार, भुवन झा, सत्य झा, राज कुमार अधिकारी, मनिष खत्री, रमेश जोशी, पदम खांदको उपस्थिति थियो।  

समितिको आजको बैठकले नेपाली डायस्पोराको चुनौतिहारी पहिचान गरी ठुलो संख्यामा नेपाली डायस्पोरा रहेका ५ ओटा देशहरु छनौट गरी ति देशहरुका राष्ट्रिय समन्वय परिषदहरुसंग  सहकार्य गर्ने निर्णय गरेको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित