पोर्चुगलको लिस्बनमा घन्कियो नौमती बाजा

पोर्चुगलको लिस्बनमा घन्कियो नौमती बाजा
www.europenepalikhabar.com २०८१ बैशाख ५ गते बुधबार, 17-04-2024



युरोपनेपाली खबर ।

पोर्चुगलको लिस्बनमा नेपालको मौलिक  नौमती बाजा घन्किएको छ । नेपाली नयाँ बर्ष वि. सं. २०८१ को अवसरमा यसरी नौमती बाजाको धुनले लिस्बनको बेलाभिस्ता पार्क गुन्जयमान भएको हो ।

नेपालको परम्परागत र मौलिक बाजाको परदेशमा संरक्षण, प्रचारप्रसार, शुभ कार्यमा प्रयोग गर्ने र चिनारी दिलाउन नौमती बाजा समुहले पोर्चुगलमा औपचारिक रूपमा बाजाको उद्घाटन गरेको छ ।

समुहका अध्यक्ष दुर्गा थापाको अध्यक्षता र रमेश बुढाथोकीको संचालनमा गत सोमबार भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्का, विशिष्ट अतिथिहरुमा एनआरएनए पुर्व आइसिसी सदस्य धनराज शेर्पा, आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर, बाग्लुङ समाज पोर्चुगलका पूर्व अध्यक्ष प्रेम खड्का, मगर संघ पोर्चुगलका अध्यक्ष कमल पुनमगर, शेर्पा किदुक पोर्चुगलका अध्यक्ष राजेन्द्र शेर्पा, बाग्लुङ समाज पोर्चुगलका अध्यक्ष केशव केसी, नेप्लीज वुमेन एसोसिएसन पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष तथा कलाकार गिता रेउले, एनआरएनए पोर्चुगलका उपाध्यक्ष तथा कलाकार दिनेश खड्का, एनआरएनए पोर्चुगलका सचिव प्रकाश गजमेर, व्यावसायी  प्रकाश खड्का, सुयस पौडेल, ज्ञानु गौतम, दावा लामा, सरिता श्रेष्ठ लगायतका अतिथिहरुको उपस्थिति थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित