यसरी थाहा पाउनुहोस् विवरण ह्याक भएका ५ सय मिलियन फेसबुक प्रयोगकर्तामा परे नपरेको

यसरी थाहा पाउनुहोस् विवरण ह्याक भएका ५ सय मिलियन फेसबुक प्रयोगकर्तामा परे नपरेको
युरोपनेपाली खबर २०७७ चैत २४ मंगलबार, 06-04-2021


५ सय मिलियन फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरणहरु ह्याकरहरुले ह्याक गरेर सार्वजनिक गरिदिएकोमा उक्त ५ सय मिलियनमा आफू परे नपरेको चेक गर्न सकिने भएको छ । ह्याकरहरुले उक्त विवरणमा फेसबुक प्रयोगकर्ताका फोन नम्बर लगायतका व्यक्तिगत विवरणहरु सार्वजनिक गरिदिएका थिए ।

ह्याक गरिएका व्यक्तिगत विवरणमा आफू रहे नरहेको थाहा पाउन ह्याभ आई बीन पाउण्ड नामको थर्डपार्टी वेवसाइटबाट चेक गर्न सकिनेछ ।

यो वेवसाइट चेक गर्नका लागि सुरक्षित रहेको छ भने यसले तपाईको इमेल फेसबुकबाट ह्याक गरिएको डाटामा परे नपरेको बताउनेछ । साथै तपाईको इमेल अरु चोरीहरुमा परे नपरेको समेत जानकारी दिनेछ ।

यदि तपाईको इमेल कतै दुरुपयोग नभएको खण्डमा राम्रो खबर तपाईको इमेल ‘कतै चोरी भएको छैन’ भन्ने सन्देश पाउनुहुनेछ । यदि चोरी वा दुरुपयोग भएको खण्डमा कुन मितिमा कहाँ कहाँ ब्रिच वा दुरुपयोग भयो थाहा पाउनुहुनेछ । त्यसका लागि तपाईले उक्त वेवसाइटमा एकाउन्ट बनाउन जरुरी छैन ।

उदाहरणका लागि हामीले एउटा इमेल चेक गर्दा तीनवटा डाटा ब्रिचमा परेको देखियो । तर फेसबुकबाट चोरी भएका आधा बिलियनमा भने देखिएन ।

ह्याकरहरुले अमेरिकामा रहेका ३२ मिलियन प्रयोगकर्ताका, बेलायतमा रहेका ११ मिलियन र भारतमा रहेका ६ मिलियन प्रयोगकर्ताका विवरण चोरी गरेका थिए । पूरै नाम, स्थान, जन्ममिति, इमेल ठेगाना, फोन नम्बर र वैवाहिक स्थीति लगायतका विवरणहरु समेत ह्याकरहरुले सार्वजनिक गरिदिएका हुन् ।

यो ह्याकको बारेमा पहिलोपटक इन्साइडरले खबर प्रकाशित गरेको थियो । फेसबुकका प्रवक्ता एन्डी स्टोनले भने ह्याक गरिएका विवरणहरु सन् २०१९ मा रिपोर्ट गरिएका पूराना तथ्यांकहरु रहेको तथा आफूहरुले यो कुरा पत्ता लगाएर सन् २०१९ को अगस्तमा नै समस्या समाधान गरिसकेको बताएका छन् । फेसबुकले प्रभावित भएका प्रयोगकर्ताहरुलाई यसबारे कुनै जानकारी दिए नदिएको केही बताएको छैन ।

सन् २०१९ मा नै कम्पनीले फेसबुक र इन्स्टाग्राममा तेश्रो व्यक्तिले प्रयोगकर्ताका फोन नम्बरमा सिधै पहुच कायम गर्न सक्ने क्षमतालाई हटाएको प्रवक्ताले बताएका छन् । सार्वजनिक भएका तथ्यांकहरु सन् २०१९ कै भएपनि ह्याकरहरुका लागि उपयोगी हुनसक्ने र उनीहरुले दुरुपयोग गर्नसक्ने आंशका व्यक्त गरिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित