ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ सार्वजनिक

ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ सार्वजनिक
www.europenepalikhabar.com २०७८ फागुन ९ गते सोमबार, 21-02-2022


अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सोसल मिडिया एप ‘ट्रुथ सोसल’ एप्पलको एप स्टोरमा आजदेखि सार्वजनिक भएको छ ।

एप सार्वजनिक भएपछि ट्रम्पले आफ्नो पहिलो पोस्टमा ‘तयार रहनुस्, तपाईंको प्यारो राष्ट्रपति चाडैँ नै आउदैछ’ (गेट रेडी! योर फेभरेट प्रेसिडेन्ट विल सी यु सुन) भनेर लेखेका छन् ।

केही प्रयोगकर्ताले भने यो एपमा आफ्नो अकाउन्ट बनाउन समस्या भएको उल्लेख गरेका छन् ।

अकाउन्ट बनाउने बेलामा समस्या भएको बताइरहेका छन् भने केहीले भने अकाउन्ट बनाएको र केही भने अझै पनि वेटलिस्टमा भएको भन्दै सामाजिक सञ्जालका अन्य प्लेटफर्महरूमा शेयर गरिरहेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित