के हो मेटाभर्स, कस्तो होला यसको रंगीन संसार ?

के हो मेटाभर्स, कस्तो होला यसको रंगीन संसार ?
www.europenepalikhabar.com २०७८ फागुन ५ गते बिहीबार, 17-02-2022


पोर्चुगल । विश्वभर अहिले मेटाभर्सको चर्चा परिचर्चा चलिरहेको छ । हालैमात्र मेटाभर्समा भर्चुअल प्लट खरिद गर्ने चलन सुरु भएको छ । कयौँ ठूला कम्पनीहरू मेटाभर्स रियल इस्टेट क्षेत्रमा प्रवेश गरिसकेका छन् ।

अर्कोतर्फ मेटाभर्समै विवाह गर्ने चलन पनि सुरु हुँदैछ । यस्तोमा धेरैलाई उत्सुकता छ कि आखिर यो मेटाभर्स के हो ? मेटाभर्स एक प्रकारको भर्अुल संसार हो ।

यो एउटा यस्तो भर्चुअल तर वास्तविक देखिने संसार हो, जसमा भर्चुअल रियालिटी (भीआर), अग्मेन्टेड रियालिटी (एआर), ब्लकचेनका साथै सामाजिक सञ्जालका विभिन्न अवधारणा प्रयोग भइरहेका छन् । मेटाभर्सले एउटा नयाँ अर्थतन्त्रको बाटो खोल्नेछ, जहाँ सम्पत्ति सिर्जना हुनेछ ।

त्यसको कारोबार चल्नेछ र डिजिटल मुद्राको प्रयोग हुनेछ । कतिपयलाई लाग्छ कि मेटाभर्समा आउन अझ धेरै समय लाग्नेछ । तर त्यसो होइन । यो तपाईँको अनुमानभन्दा निकै धेरै नजिक आइसकेको छ । फाइभजी नेटवर्क चाँडै नै वास्तविकतामा अनुभव गर्न पाइनेछ ।

पाँचौ पुस्ताको यो मोबाइल प्रविधिमा इन्टरनेट स्पिड निकै धेरै हुनेछ । यस प्रकार हेर्ने हो भने फाइभजी तथा मेटाभर्सको तार एक अर्कासँग जोडिएको छ । मेटाभर्स कुनै एक व्यक्तिसँग जोडिएको छैन । बरु यो एक डिजिटल रियालिटी हो ।

जसमा धेरै भन्दा धेरै मात्रामा सूचनाको आवश्यकता हुनेछ । यसमा आजको समयमा मेटाभर्समा प्रवेश गर्नका लागि निकै धेरै फास्ट स्पिडमा चल्ने वाई-फाई वा इन्टरनेट कनेक्सनको आवश्यकता हुनेछ ।

अर्कोतर्फ फोरजीमै तपाईँलाई अत्यावश्यक ब्यान्डविथको सपोर्ट प्राप्त भइरहेको छैन । त्यसैले यस्तोमा तपाईँले मेटाभर्सको आनन्द लिन सक्नुहुन्न ।

मेटाभर्समा प्रवेश गर्नु अघि लोकल डिभाइसमा भारी मात्रामा सूचना डाउनलोड गर्नुपर्ने आवश्यकता हुन्छ । यसका लागि तपाईँलाई सुपर फास्ट इन्टरनेट कनेक्सनको आवश्यकता पर्दछ ।

मेटाभर्समा सोझै कनेक्ट गर्नका लागि तपाईँलाई कम्तिमा सय एमबीपीएस गतिको इन्टरनेट कनेक्सनको आवश्यकता पर्छ । जुन केवल फाइभजी आएपछि मात्रै सम्भव हुनेछ ।

त्यसैले त विभिन्न कम्पनी तथा सरकारहरू फाइभजीमाथि लगातार रुपमा काम गरिरहेका छन् । फाइभजीको नाम बाटै थाहा हुन्छ कि यो पाचौँ पुस्ताको मोबाइल प्रविधि हो ।

नयाँ पुस्ताको नेटवर्क सम्भवतः सबैभन्दा फास्ट हुनेछ र यतिसम्म कि कयौँ कनेक्टेड डिभाइसलाई त्यसले ह्यान्डल गर्ने क्षमता राख्नेछ । यसलाई खासगरी स्पिड, लेटेन्सी र युटिलिटी गरी तीनै प्रकारका चिजमा समाधानको रुपमा डिजाइन गरिएको छ ।

जसलाई पुराना तथा अहिले प्रचलनमा रहेका मोबाइल प्रविधिका पुस्ताले सम्बोधन गर्न सकिरहेका छैनन् । पाचौँ पुस्ताको नेटवर्क मुख्य रुपमा तीन ब्यान्डमा काम गर्नेछ । लो, मिड र हाई फ्रिक्वेन्सी । यी सबै ब्यान्डको प्रयोगको आआफ्नै सीमा हुनेछ । 

कस्तो होला मेटाभर्स ? 

अमेरिकी लेखक निल स्टिफेनले सन् १९९२ मा आफ्नो उपन्यासमा सबैभन्दा पहिला मेटाभर्स शब्दको प्रयोग गरेका थिए । यो भर्चुअल संसारमा अवतारले एक अर्कासँग कुरा गर्छन् ।

यो कुरा अब उपन्यासबाट बाहिर निस्केर निकै अगाडि पुगिसकेको छ । आजको समयमा मेटाभर्स बनाउनका लागि अर्बौँ डलर खर्च भइरहेको छ र यसमा प्रविधि जगतका दिग्गज कम्पनीहरू सक्रिय रुपमा लागिपरेका छन् ।

फेसबुकले आफ्नो कम्पनीको नाम नै परिवर्तन गरेर मेटा राखेको छ । नाम परिवर्तनको सन्दर्भमा आयोजित कार्यक्रममा फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनी मेटाभर्सलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि काम गर्ने घोषणा गरेका थिए ।

उनका अनुसार एक अर्कासँग सम्पर्कमा रहन, समुदाय बनाउन र व्यवसायलाई अगाडि बढाउन यसले सहयोग गर्नेछ । तपाईँले पनि भीआर हेडसेट वा प्लेस्टेसन जस्त कन्सोल प्रयोग गरेर यो भर्चुअल संसारमा प्रवेश गर्न पाउनु हुनेछ । तपाईँ रुचाउनु होस् अथवा नरुचाउनुहोस्, वास्तविकता के हो ने व्यक्ति व्यक्तिबीच शारीरिक दूरी लगातार रुपमा बढ्दै गइरहेको छ ।

इन्टरनेट तथा स्मार्ट डिभाइसको सहयोगमा मानिसहरू लगभग अधिकांश काम घरमै बसेर सम्पन्न गर्नेतर्फ लागेका छन् । जसका लागि उनीहरूलाई घरबाट बाहिर निस्किनु पर्ने अवस्था थियो, कोभिड १९ महामारीका कारण रिमोर्ट वर्क, फुड डेलिभरी एप, सामाजिक सञ्जाल, अनलाइन डेटिङ, भिडिओ कल, ई-कमर्सको प्रचलन बढ्दै गइरहेको छ ।

मानिसहरू ओटीटीबाट घरमै बसेर फिल्म तथा वेब सिरिज हेरिरहेका छन् । मेटाभर्सको दुनियाँमा तपाईँले भिडिओ हेर्नुको साटो आफैँ भिडिओको अंश बन्न पाउनु हुनेछ । तपाईँ उत्कृष्ट एङ्गल तथा देखिनका लागि मेटाभर्समै हिँडडुल  गर्न सक्नुहुनेछ र आफ्नो हातको सहयोगमा अन्तरक्रिया गर्न सक्नुहुनेछ ।

तपाईँ मेटाभर्सको सहयोगमा कुनै अर्को सहरमा भइरहेको आर्ट एक्जिबिसन अथवा मिटिङमा सहभागी बन्न सक्नुहुनेछ । यसको अनुभव अनलाइन मिटिङभन्दा निकै भिन्न हुनेछ र तपाईँलाई आफू स्वयं उक्त स्थानमा उपस्थित रहेको अनुभूति मिल्नेछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित