पत्रकारहरुलाई एकीकृत र संगठित भइ पत्रकारिता गर्न न्युज पीएनटिभीको बार्षिकोत्सव कार्यक्रम महासचिव पुरीको आग्रह

पत्रकारहरुलाई एकीकृत र संगठित भइ पत्रकारिता गर्न न्युज पीएनटिभीको बार्षिकोत्सव कार्यक्रम महासचिव पुरीको आग्रह
युरोपनेपाली खबर २०७८ बैशाख २३ बिहीबार, 06-05-2021


द्रोण रिजाल नेदरल्यान्ड्स । गोजिटिटल मिडिया प्रालिको अनर्समा न्युज पीएनटिभीको प्रथम बार्षिकोत्सव कार्यक्रम मेई ५ तारिख जर्मनीका लागि नेपाली महामहिम राजदूत रामकाजी खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ | बिशेस अतिथिको रुपमा पत्रकार महासंघ केन्द्रीय महासचिब रोषण पुरी र केन्द्रिय सदस्यहरु रिंकु कुमारी मिश्र र रन्जु कुमारी ब्लोन अतिथि रहनु भएको थियो |कार्यक्रममा अध्यक्षता न्युज पीएनटिभीका सम्पादक शेर बहादुर परियारको अध्यक्षतामा र अनिल पौडेलले संचालन गर्नुभएको थियो ।

दुतावास संग पत्रकारहरुको सहकार्य अनिवार्य रहेकाले दुतावासबाट दिनुपर्ने सबै सुचनाहरु उपलब्ध गराउने र पत्रकारहरुले समाजको प्रमुख अंगको रुपमा सत्य तथ्य सुचना सम्प्रेषण गर्नुपर्नेमा महामहिम राजदूत रामकाजी खड्काले शुभकामना मन्तव्यमा आफ्ना भनाइ राख्नु भएको थियो ।

बिशेस अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कला र संस्कृतिको जगेर्ना र प्रवर्धनका लागि प्रावास बाट मिडीयाले गरेको महत्वपूर्ण  योगदान रहेको उल्लेख गर्दै प्रवासमा रहेको शिप र कला संकृति स्वदेशमा देखाउन अनुरोध गर्दै महासचिब रोशन पुरीले जोड दिनु भएको थियो | विभिन्न परिस्थितिले गर्दा परदेशिनु परेको तितो यथार्थता औल्याउदै स्वदेशमा  जानेको र गरेको पत्रकारिता बिदेशमा पनि संगठित भएर पत्रकारिताको बिकाशमा योगदान दिएकोमा खुशी ब्यक्त गर्नु भएको थियो | बिदेशमा पत्रकारहरु एकीकृत हुदै अगाडी बढ्नुको कुनै विकल्प नरहेकाले जुटेर अगाडी बड्न आग्रह गर्नु भएको थियो ।

नेपालमा पत्रकारहरु बिस्थापित हुनुमा सरकारको लापर्वाहिता प्रेस तथा अभिब्याक्ती स्वतन्त्रतामा  अंकुस लगाउनु जस्ता क्रियाकलापले प्राथमिकता पाएको उल्लेख गर्नु भएको थियो  | सरकारका लापरवाहीका कारण पत्रकारहरु सुरक्षित हुन नसकेका कारण ज्यान जोखिममा राखेर पत्रकारिता गर्नुपरेको कारण ६०० भन्दा बडी संक्रमित भएका, ७ जनाको मृत्यु भएको, ४ जना हस्पिटलको आइ सी यू मा रहेका ३० जना भन्दा बढी हस्पिटलमा उपचाररत रहेका र १०० भन्दा बढी घरमै उपचाररत रहेको अवस्था उल्लेख गर्दै पत्रकारहरुले स्वास्थ्यमा ख्याल गर्दै पत्रकारिता गर्नुपर्नेमा महासचिब पुरीले ध्यानाकर्षण गराउनु भएको थियो  ।

बर्तमान अवस्थामा पत्रकारहरुको दैनिकीमा कोरोना पेंडामिकले र मिडियाहाउस बाट तलब सुबिधाबाट बन्चित हुनुपरेको अवस्थामा प्रवासबाट शाखाहरु संग सहकार्य गर्दै मानबिय सम्बेदनशिलता ध्यानदिन अनुरोध गर्नुभएको थियो  | विभिन्न पत्रकारहरुलाई विभिन्न झुठा आरोपहरु लगाउदै झुठा मुद्धाहरु लगाउने बातावरण सरकारले गरेकोमा घोर आपत्ति रहेकोले प्रवासबाट पनि आवाज उठाउनु पर्नेमा जोड दिनु भएको थियो  |

अतिथिहरु एनआएए  कोभिड मिडिया कोअर्डिनेटर चिरन शर्मा, बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगर,युरोप शाखा निवर्तमान अध्यक्ष केजिन राई, बर्तमान अध्यक्ष प्रेम परियार, महासचिब द्रोण रिजाल, उपाध्यक्ष राजकुमार थापा लगायत  महासंघ युरोप शाखाका पदाधिकारीहरु, स्वास्थ्य अभियन्ता डा बोधराज पोख्रेल, पर्यटन दूत डा उदयदेव आचार्य, पत्रकार महासंघ गण्डक शाखाका अध्यक्ष नारायण शर्मा, एनआरएन पोल्याण्डका अध्यक्ष नरेश सापकोटा, पानि अभियन्ता मित्रलाल पार्दे, एन आर एन स्पेनका उपाधक्ष उत्तर राई, युरोपभित्र रहेका विभिन्न अनलाइनका सम्पादकहरू,पत्रकार हरु र विभिन्न संघ संथाका प्रतिनिधिहरु समेतले शुभकामना संदेश दिनुभएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित