इटालीद्वारा ८२ वर्ष पुरानो आफ्नै कीर्तिमान भङ्ग

इटालीद्वारा ८२ वर्ष पुरानो आफ्नै  कीर्तिमान भङ्ग
युरोपनेपाली खबर २०७८ असार १३ आइतबार, 27-06-2021


एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलमा इटालीले आँफैले ८२ वर्षअघि राखेको ३० खेलसम्मको अपराजित कीर्तिमान यात्रालाई भंग गरेको छ । युरो अन्तरगत शनिबार राति प्रि–क्वाटरफाइनलको खेलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अपराजित यात्रा ३१ खेलसम्म लम्ब्याएको हो ।

इटालीले समूह चरणमा वेल्समाथि १–० को जित निकालेसँगै अन्तर्राष्ट्रिय फुटबलमा इटालीले लगातार ३० खेल अपराजित रहेर ८२ वर्ष पुरानो कीर्तिमान बराबरी गरेको थियो । इटालीले सन् १९३५ अक्टोबर देखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो । त्यसबेला टोलीका प्रशिक्षक भिटोरियो पोज्जो थिए । उनको नेतृत्वमा टोलीले लगातार दोस्रो विश्वकप तथा सन् १९३६ को ओलम्पिकमा स्वर्णपदक समेत जितेको थियो ।

इटालीले सन् २०१८ मा रोबर्टो मान्सिनीलाई प्रशिक्षकको जिम्मेवारी दिएपछि जाममा २ खेल हारेको छ । पछिल्लोपटक टोलले सन् २०१८ को नेसन्स लिगको खेलमा पोर्चुगलसँग पराजय बेहोरेको थियो । त्यसयता टोलीले ३१ खेल जितेको छ ।

अष्ट्रियाविरुद्ध गोल खाएपछि इटालीको क्लिनसिट ११औं खेलमा रोकिएको छ । पछिल्लो १२ खेलमा टोलीले ३२ गोल गर्दा १ गोल खाएको छ । यससँगै इटालीले धेरै खेलमा अपराजित रहेको अर्जेन्टिनासँग बराबरी गरेको छ । अर्जेन्टिनाले सन् १९९१ देखि सन् १९९३ सम्मा ३१ खेलमा अपराजित रहेको थियो ।

सबैभन्दा धेरै खेलमा अपराजित रहनेमा पाँच पटकको विश्वविजेता ब्राजिल र स्पेनको नाममा रहेको छ । ब्राजिल सन् १९९३ देखि सन् १९९६ सम्म तथा स्पेन २००७ देखि २००९ सम्म ३५ खेलसम्म अपराजित रहको थियो । यस्तै फ्रान्स सन् १९९४ देखि १९९६ सम्मा ३० खेलसम्म अपराजित रहेको थियो ।

अल्जेरियाले सन् २०१८ देखि हालसम्म २७ खेलमा अपराजित यात्रा कायम राखेको छ । पश्चिम जर्मनीले सन् १९७८ देखि १९८१ सम्म २३ खेलमा अपराजित रहेको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित