पोर्चुगलमा क्रिसमसको अवसरमा प्रथम क्रिसमस कप प्रतियोगिता हुँदै, गोलनेपालबाट प्रत्यक्ष प्रसारण हुने

पोर्चुगलमा क्रिसमसको अवसरमा प्रथम क्रिसमस कप प्रतियोगिता हुँदै, गोलनेपालबाट प्रत्यक्ष प्रसारण हुने
www.europenepalikhabar.com २०८० पुष ६ गते शुक्रबार, 22-12-2023


लिस्वन -क्रिसमसको अवसरमा लिस्वनमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । मनमैजु फुटबल क्लब र मेची महाकाली फुटबल क्लबको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितालाई प्रथम चिचिपापा क्रिसमस कप नाम दिइएको छ । 

आगामी डिसेम्बर २६ का दिन लिस्वनको ओलाइस स्थित क्लब भिक्टोरियामा हुने उक्त प्रतियोगितामा १२ टिमको सहभागीता टुङ्गो लागेको आयोजक मनमैजु फुटबल क्लबका संयोजक कमल खड्काले जानकारी दिए ।

उनका अनुसार १२ टिमलाई चार समुहमा विभाजन गरिनेछ र प्रत्येक समुहबाट उत्कृष्ट दुइ टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछ । लिग चरण र क्वाटरफाईनलका प्रत्येक खेल १५-१५ मिनेटको हुनेछ भने सेमिफाईनल र फाइनल २०-२० मिनेटको हुनेछ । 

प्रतियोगिताको विजेताले २ हजार ५ सय युरो र उपविजेताले १ हजार २ सय पचास युरो पाउनेछ भने, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र फेयर प्ले विधामा पनि पुरस्कार प्रदान गरिने खड्काले जानकारी दिए । 

गोलनेपाल डककमबाट प्रत्यक्ष प्रसारण हुने

यसैगरी आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपालको लोकप्रिय फुटबल पोर्टल गोलनेपाल डट कमबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । पहिलो पटक नेपाल बाहिर नेपाली समूदायले आयोजनका गरेको कुनै पनि प्रतियोगिता नेपालको एक लोकप्रिय फुटबल पोर्टलबाट प्रत्यक्ष प्रसारण हुन लागेको हो । यसले प्रतियोगिताको लोकप्रियता र प्रतियोगिताको विश्वव्यापीकरणमा ठूलो सहयोग पुग्ने आशा गरिएको  छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित