मेसी फेरि उत्कृष्ट, आठौं पटक जिते बालोन डे’ओर अवार्ड

मेसी फेरि उत्कृष्ट, आठौं पटक जिते बालोन डे’ओर अवार्ड
www.europenepalikhabar.com २०८० कार्तिक १४ गते मंगलबार, 31-10-2023


अर्जेन्टिनाका तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले कीर्तिमानी आठौं पटक बालोन डे’ओर अवार्ड जितेका छन् ।

गत वर्ष अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउन मद्दत गरेका मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहका बीच अवार्ड जितेका हुन् ।

मेसील म्यानचेष्टर सिटीका एर्लिङ हालान्डलाई पछि पार्दै आठौँ पटक अवार्ड जिते ।

‘विश्वकप जित्न सक्षम हुँदै मेरो सपना पूरा गरेर फेरि एकपटक यहाँ उपस्थित भएर यो क्षणलाई इन्जोए गर्नु उत्कृष्ट हो,’ मेसीले अवार्ड जितेपछि भने ।

फ्रान्स फुटबलले प्रदान गर्ने यस अवार्ड मेसीले २००९ मा पहिलो पटक जितेका थिए । त्यसपछि उनले २०१०, २०११ र २०१२ मा गरी लगातार चार पटक अवार्ड जिते । उनले २०१५, २०१९ र २०२१ मा पनि उक्त अवार्ड जितेका थिए ।

मेसीले आफ्नो करियर यस्तो हुन्छ भनेर कहिल्यै नसोचेको र जे उपलब्धि प्राप्त भएको छ र त्यो सबै इतिहासकै एतकृष्ट टिममा हुनुले भाग्यमानी रहेको बताए । यस्तै उनले फरक कारणले हरेक बालोन डे ओर अवार्ड विशेष रहेको पनि बताए ।

महिलातर्फ स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर अइतामा बोनमाटीले वर्ष खेलाडीको अवार्ड जितिन् । २५ वर्षीय बोनमाटीकै कप्तानीमा स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको थियो । उनले पहिलो पटक यो अवार्ड जितेकी हुन् ।

विश्वका १०० पत्रकारहरुले गरेको मतका आधारमा वर्षको उत्कृष्ट खेलाडीलाई बालोन डे’ओर अवार्ड प्रदान गरिन्छ ।

मेसीले अर्जेन्टिनालाई १९८६ पछि पहिलो पटक विश्वकपको उपाधि जिताउन टिमको नेतृत्व गरेका थिए । यस्तै अमेरिकन क्लब इन्टर मायामीलाई लिग्स कपको रुपमा पहिलो ट्रफी जिताउन पनि उनले मद्दत गरे ।

मेजर लिग क्लब इन्टर मायमीका लागि उनले सबै खाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका छन् ।

मेसीले सबैभन्दा नजिक रहेका क्रिकस्टियानो रोनाल्डो भन्दा ३ बढी बालोन डे’ओर अवार्ड जितिसकेका छन् । रोनाल्डोले २०१७ मा अन्तिम पटक यो अवार्ड जितेका थिए । सन् २००३ पछि अल नासेरका फरवार्ड रोनाल्डो पहिलो पटक अवार्डको मनोनयनमै परेनन् ।

नर्वेका फरवार्ड हालान्डले गत सिजन प्रिमियर लिगमा ३५ खेलमा कीर्तिमानी ३६ गोल गर्नुका साथै सिटीबाट लिगसहित च्याम्पियन्स लिग र एफ ए कप गरी ट्रेबल उपाधि जितेका थिए ।

उनको उक्त उपलब्धिका लागि हालान्डलाई गर्ड मुलर ट्रफी प्रदान गरियो । उनले गत सिजन सबै खाले प्रतियोगितामा ५२ गोल गरेका थिए । हालान्डले अवार्ड पाएपछि सिटी क्लब र परिवारलाई धन्यवाद दिए ।

इंग्लयाण्ड तथा रियल मड्रिडका मिडफिल्डर जुड बेलिङघमले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते ।

२१ वर्षमुनिका उत्कृष्ट युवा खेलाडीलाई दिइने कोपा ट्रफी बेलिङघमले पाए । यसै सिजन बोरुसिया डर्टमण्डबाट रियल पुगेका उनले १३ खेलमा १३ गोल गरिसकेका छन् । डर्टमण्ड गत सिजन उनले ४२ खेलमा १४ गोल गरेका थिए ।

यसैगरी अर्जेन्टिनाका विश्व विजेता गवलकिपर इमिलियानो मार्टिनजेल उत्कृष्ट गोलकिपरको अवार्ड जिते । त्यसका लागि उनले यासिन ट्रफी जिते ।

मार्टिनेजले कतार विश्वकपकमा गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए ।

म्यानचेष्टर सिटीले क्लब अफ दि इअरको अवार्ड जित्यो । महिलातर्फ बार्सिलोनाले क्लब अफ दी इअरको अवार्ड पयो ।

विश्व फुटबलमा रेसिजमविरुद्ध बोल्दै आएका ब्राजिलियन तथा रियल मड्रिडका विगंर भिनिसिय जुनियरले मैदान बाहिर आफ्नो योगदानको लागि सोक्रेटिस अवार्ड प्राप्त गरे ।

भिनिसियस विगत दुई सिजनदेखि ला लिगा खेलहरूमा नियमित रूपमा जातीय दुव्र्यवहारको निशाना बनेका छन् ।

उनी गरिब क्षेत्रमा विद्यालय निर्माण गर्ने र ब्राजिलमा शिक्षामा लगानी गर्ने फाउन्डेसन सुरु गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित