रोनाल्डो भर्सेस मेसी : मुख्य प्रतियोगितामा कसले गरेका छन् बढी गोल ?

रोनाल्डो भर्सेस मेसी : मुख्य प्रतियोगितामा कसले गरेका छन् बढी गोल ?
तस्वीर : गुगल विकिपिडिया
युरोपनेपाली खबर २०७८ असार २४ बिहीबार, 08-07-2021


युरो २०२० बाट साविक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरियो। बेल्जियमसँग १-० पराजित भएसँगै पोर्चुगल अन्तिम १६ बाटै घर फर्किन बाध्य भयो। 

पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले चार खेलमा पाँच गोल गरे। जससँगै रोनाल्डोले युरो कपमा सर्वाधिक गोलकर्ताको रेकर्ड बनाए। पाँच युरो कप खेल्ने र पाँचै युरो कपमा गोल गर्ने रेकर्ड बनाएका उनले युरो कपमा गोल संख्या कुल १४ पुर्‍याए।

रोनाल्डोले युरो २०२० मा सर्वाधिक अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमान पनि बराबरी गरे। १०९ अन्तर्राष्ट्रिय गोल पुर्‍याएका रोनाल्डोले इरानका अली दाइको नाममा रहेको रेकर्ड बराबरी गरेका थिए। 

यता कोपा अमेरिका २०२१ मा अर्का सुपरस्टार खेलाडी लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। अर्जेन्टिनाले फाइनल  स्थान पक्का गर्दा कप्तान मेसीले उत्कृष्ट खेल देखाएका छन्। 

मेसीले पाँच खेलमा चार गोल गर्दा चार एसिस्ट गरिसकेका छन्। 

पहिलो खेलमा मेसीले चिलीविरुद्ध फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए। मेसीले करिअरको ५७औं फ्रिकिक गोल गर्दै रोनाल्डोलाई पछि पारेका थिए। रोनाल्डोले ५६ गोल फ्रिकिकबाट गरेका छन्। 

आइतबार इक्वेइडरविरुद्ध फ्रिकिकमा गोल गरेसँगै मेसीले फ्रिकिक गोल संख्या ५८ पुर्‍याएका छन्। अब मेसी अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोना भन्दा चार गोलले पछि छन्। म्याराडोनाले ६२ गोल फ्रिकिकबाट गरेका थिए।

मेसीले कोपामा अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि बनाए। समूह चरणमा बोलिभियाविरुद्ध खेल्दै मेसीले अन्तर्राष्ट्रिय खेल संख्या १४८ पुर्‍याएका थिए। सो खेलमा मेसीले दुई गोल गरेका थिए। 

आइतबार इक्वेइडरविरुद्ध गोल गरेसँगै मेसीको अन्तर्राष्ट्रिय गोल संख्या ७६ पुगेको छ।

वर्तमान विश्वका दुई उत्कृष्ट खेलाडीले रेकर्ड बनाउने क्रम जारी रहदा यहाँ दुई खेलाडीले मुख्य प्रतियोगितामा गरेको गोल संख्याको तुलना गरिएको छ। 

रोनाल्डोले मुख्य प्रतियोगितामा गरेको गोल 

युरो २००४ – २ गोल 

विश्वकप २००६ – १ गोल 

युरो २००८ – १ गोल 

विश्वकप २०१० – १ गोल 

युरो २०१२ – ३ गोल 

विश्वकप २०१४ – १ गोल 

युरो २०१६ – ३ गोल 

विश्वकप २०१८ – ४ गोल 

युरो २०२० – ५ गोल 

जम्मा – २१ गोल 

मेसीले मुख्य प्रतियोगिता गरेको गोल 

विश्वकप २००६ – १ गोल 

कोपा अमेरिका २००७ – २ गोल 

विश्वकप २०१० -  ० 

कोपा अमेरिका २०११ – ० 

विश्वकप २०१४ – ४ गोल 

कोपा अमेरिका २०१५ – १ गोल 

कोपा अमेरिका २०१६ – ५ गोल 

विश्वकप २०१८ – १ गोल 

कोपा अमेरिका २०१९ – १ गोल 

कोपा अमेरिका २०२१ – ४ गोल 

जम्मा -  १९ गोल 

फ्रिकिक र पेनाल्टी 

मेसीले मुख्य प्रतियोगितामा फ्रिकिकबाट रोनाल्डोले भन्दा बढी गोल गरेका छन्। मेसीले सन् २०१४ को विश्वकपमा एक गोल फ्रिकिकबाट गरेका थिए। यस्तै उनले २०१६ को कोपामा एक गोल र २०२१ को कोपामा दुई गोल फ्रिकिकबाट गोल गरेका छन्। यस्तै उनले २०१५ को कोपामा एक गोल पेनाल्टीबाट गरेका थिए। 

रोनाल्डोले मुख्य प्रतियोगितामा एक गोल मात्र फ्रिकिकबाट गरेका छन्। उनले सन् २०१८ को विश्वकपमा स्पेनविरुद्ध फ्रिकिकबाट गोल गरेका थिए। उनले मुख्य प्रतियोगितामा पेनाल्टीबाट चार गोल गरेका छन्। जसमा २०१८ को विश्वकपमा एक गोल र युरो २०२० मा तीन गोल पेनाल्टीबाट छन्। 

मेसी 

फ्रिकिक- ५ गोल 

पेनाल्टी – १ गोल 

रोनाल्डो 

फ्रिकिक – १ गोल 

पेनाल्टी- ४ गोल

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित