एनआरएनए स्विजरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा सहित पुरै कार्यसमिति निर्विरोध

एनआरएनए स्विजरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा सहित पुरै कार्यसमिति निर्विरोध
युरोपनेपाली खबर २०७८ असार २७ आइतबार, 11-07-2021


स्विजरल्याण्ड - गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीट्जरल्याण्डको सातौं राष्ट्रिय महाधिवेशनबाट सन् २०२१-२०२३ को नयाँ कार्यसमिति निर्विरोध भएको छ।संघको अध्यक्षमा शुभ एल्मर लामाको मात्रै उम्मेदवारी परेपछि लामा  निर्विरोध निर्वाचित भएकी हुन्।

यसैगरी आइसीसी सदस्यमा सीमा गौतमको मात्रै उम्मेदवारी परेको छ।

यस्तै उपाध्यक्षमा प्रमोद कुमार भट्ट र शुक्र श्रेष्ठ, महासचिवमा कुल (कृष्ण) प्रसाद शिवाकोटी, सचिवमा जीवन भट्टराई, कोषाध्यक्षमा राकेश चन्द्र प्रजापती,महिला संयोजकमा चम्पा ज्ञवाली रुकस्टुल, युवा संयोजकमा विनु सुनार र प्रवक्तामा यम काउचा मगरको मात्र उम्मेदवारी परेपछि सिंगो कार्यसमितिनै निर्विरोध हुने भएको हो।

संघको  सातौं राष्ट्रिय महाधिवेशनकालागि  उम्मेदवारीको मनोनयन नामावली निर्वाचन समितिले शनिबार प्रकाशित गरेसंगै कार्यसमिति निर्विरोध देखिएको हो ।

केही पदहरूमा भने उम्मेद्वारी नपरेपछि पद रिक्त रहेको छ।संघको

निर्वाचन समितिले आज आईतबार नयाँ कार्यसमिति घोषणा गर्ने बताइएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित