एनआरएनए स्पेनको उपाध्यक्षमा रानाभाट र श्रेष्ठको ससक्त उम्मेदवारी

एनआरएनए स्पेनको उपाध्यक्षमा रानाभाट र श्रेष्ठको ससक्त उम्मेदवारी
युरोपनेपाली खबर २०७८ साउन २ शनिबार, 17-07-2021


स्पेन । गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा आगामी कार्यकालको लागि हुने निर्वाचनमा उपाध्यक्ष पदमा कृष्ण राम रानाभाट र भुपेन्द्र श्रेष्ठ बलिया उम्मेदवार देखिएका छन् । लामो समयदेखि स्पेनको एनआरएनए अभियान र विभिन्न संघसस्थामा रहेर काम गरिसकेका दुवै जना स्पेनको नेपाली समुदायमाझ चिरपरिचित अनुहार हुन् । खुल्ला तर्फ २ जना उपाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि उम्मेद्वारी दिएका रानाभाट र श्रेष्ठले एनआरएनए स्पेनलाई अग्रणी सामाजिक संस्थाको रुपमा अघि बढाउन मुख्य भुमिका खेल्ने बताएका छन् । 

स्याङ्जा फेदिखोलाका कृष्ण राम रानाभाट  २००६ देखि स्पेनमा बस्दै आएका छन् । एनआरएनए स्पेनको २००९–११ कार्यकालमा सदस्य रहेका रानाभाटले स्पेनका विभिन्न 

संघसंस्थाको माथिल्लो तहमा रहेका काम गरिसकेका छन् । एमबिए गरेका रानाभाटले नेपालमा रहँदा अध्यापन र लेखा अधिकृतको जिम्माबारी निभाएका थिए । निकै शालिन र बौद्धिक ब्यक्तित्वमा रुपमा उनलाई स्पेनको नेपाली समुदायले चिन्ने गरेको छ । उनले एनआरएनए स्पेनको उपाध्यक्ष भएपछि टिमसँग मिलेर नेपाल घर स्थापना गर्ने, अध्यक्ष कोषको स्थापना गर्ने तथा सहकारी स्थापना गर्ने मुख्य योजना रहेको सुनाए । उनले नेपालमा रहँदा पनि विभिन्न सहकारी संस्थाको स्थापना तथा नेतृत्व गरेका थिए । 

यस्तै पर्वत जिल्लामा जन्मेर २००७ देखि स्पेनको बार्सिलोनामा बस्दै आएका भुपेन्द्र श्रेष्ठ स्पेनका विभिन्न सामाजिक संघसंस्थामा रहेर सामाजिक काममा अग्रसर रहेका छन् । उनी हाल एनआरएनए स्पेनको सदस्य रहेका छन् । उनले एनआरएनएलाई आर्थिक रुपमा बलियो, दिगो र पारदर्शी बनाउन आफुले भुमिका खेल्ने बताएका छन् । एनआरएनको समुदाय केन्द्रित कार्यक्रम नभएकोले यसले युवा पुस्ता तथा बालबालिकालाई आकर्षित गर्न नसकेको भन्दै उनले आफुले सिङ्गो टिमसँग मिलेर स्पेनमा हुर्कदै गरेको नेपाली नयाँ पुस्ताका लागि काम गर्ने बताए । 

दुवै उपाध्यक्षका उम्मेदवारले आगामी जुलाई २६ तारिकमा अनलाइनको माध्यमबाट हुने एनआरएनए स्पेनको निर्वाचनमा उपाध्यक्ष खुल्ला पदमा आफुहरुलाई मतदान गरी आफुहरुले अघि सारेका योजनाहरु पुरा गर्ने बाटो खोलिदिन आग्रह गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित