गैरआवासीय नेपालीहरुको अधिकार सुनिश्चित हुन सकोस् : एनआरएनए पोर्चुगल

गैरआवासीय नेपालीहरुको अधिकार सुनिश्चित हुन सकोस् : एनआरएनए पोर्चुगल
युरोपनेपाली खबर २०७८ असोज ३ आइतबार, 19-09-2021


लिस्बन । गैरआवासीय नेपाली संघ पोर्चुगलले सातौं संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै "गैरआवासीय नेपाली संघले स्थापनाकाल देखि उठाउँदै आएको मुद्दा "एक पटकको नेपाली सधैंको नेपाली" भन्ने अभियान र गैरआवासीय नेपालीहरुका अधिकार  नेपालको संविधान र कानुनमा प्रत्याभूति हुन सकोस् र संविधान प्रदत्त अधिकारहरु सुनिश्चित होस् !" भन्ने कामना गरेको छ ।

नेपालको संविधान २०७२ मा गैरआवासीय नेपाली नागरिकहरुका हक अधिकार स्थापित र सुनिश्चित गर्न ऐन बनाएर कार्यन्वयन गरिने उल्लेख छ । संविधानमा उल्लेख भए बमोजिम ऐनको लागि विधेयक प्रतिनिधि सभामा विचारधीन छ । उक्त विधेयकमा गैरआवासीय नेपाली नागरिकता लगायतका व्यबस्थाहरु रहेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित