पोर्चुगलमा असामयिक निधन भएका बोगटीको शव नेपाल पठाउन एनआरएनए पोर्चुगलले लियो अग्रसरता, दीपा काफ्लेको संयोजकत्वमा आर्थिक संकलन समिति

पोर्चुगलमा असामयिक निधन भएका बोगटीको शव नेपाल पठाउन एनआरएनए पोर्चुगलले लियो अग्रसरता, दीपा काफ्लेको संयोजकत्वमा आर्थिक संकलन समिति
स्व. बोगटी
युरोपनेपाली खबर २०७८ असोज २० बुधबार, 06-10-2021


लिस्वन । केही दिन अगाडि पोर्चुगलमा असामयिक निधन भएका स्व.गोपाल बोगटीको शव नेपाल पठाइदिन परिवारबाट आग्रह भएपछि  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले रकम संकलनको अभियान सुरु गरेको छ । संघले महिला उपाध्यक्ष दीपा काफ्लेको संयोजकत्वमा सहयोग रकम संकलन गर्ने भएको हो ।

गत शुक्रबार लिस्वनको बुढाबुढी पार्क नजिकै Av Mouzinho de Albuquerque मा करिब ३२ बर्षिय  युवा बोगटीको सुतेकै ठाउँमा निधन भएको भेटिएको थियो । संघका अध्यक्ष रविन अधिकारीले मृतकको शव यथाशिघ्र नेपाल पठाउनका लागि आर्थिक संकलन सुरु गरिएको जानकारी दिएका छन । ‘जतिसक्दो चाँडो मृतक बोगटीको शव परिवारसमक्ष पठाउने तयारी गरेका छौं ।’ उनले भने आवश्यक रकम जुटाएर केही दिनमै शव नेपाल पठाउनेछौं । यसका लागि सबैको सहयोगका लागि उनले आह्वान गरे  ।’

आर्थिक संकलन अभियानकी संयोजक काफ्लेले दुःखको घडीमा सबै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको साथ र सहयोग आवश्यक रहेको बताइन । उनले मृतक बोगटीको शब परिवारसमक्ष पठाउनका लागि  रकम आवश्यक परेकोले सक्दो सहयोग गर्न सबैसमक्ष आग्रह गरेकी छिन । सहयोग रकम पठाउनका लागि उपाध्यक्ष काफ्लेको याक्टिभो बैंकमा रहेको खाता नम्बर PT50002300004552111700394 Dipa Kafle मा रकम जम्मा गर्न सकिनेछ । 

बोगटी विगत चार बर्षअघि रोजगारीको सिलसिलामा पोर्चगल आएका थिए । उनी भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–५ का स्थायी बासीन्दा हुन । बोगटीको शव नेपाल पठाइदिन उनकी श्रीमती देउकुमारी चर्मकार, भाइहरु सुबास र रमेश बोगटीले संघसमक्ष आग्रह गरेका छन् भने  गाउँपालिका वडाले सिफारिस गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित