एमाले जिल्ला अधिवेशन : ४८ जिल्लाको यस्तो छ परिणाम (सूचीसहित)

एमाले जिल्ला अधिवेशन : ४८ जिल्लाको यस्तो छ परिणाम (सूचीसहित)
युरोपनेपाली खबर २०७८ पुष २६ सोमबार, 10-01-2022


काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन शुरु भएको चौथो दिनसम्म सर्वसम्मति र निर्वाचन दुवै प्रक्रियाबाट नेतृत्व चयन जारी छ । सोमबार राति नाै बजेसम्म ४८ जिल्लाको परिणाम आइसकेको छ ।

पछिल्लो पटक पर्वतमा सहमतिमा नेतृत्व टुंगिएको छ । राजु पौडेल अध्यक्षमा सर्वसम्मत भएका छन् । त्यस्तै प्युठानमा निर्वाचनबाट विजय विराज विष्टले जितेका छन् भने उदयपुरमा सहमतिबाटै परमेश्वर घिमिरे अध्यक्षमा चयन भएका छन् ।

दोलखाको मतगणना अन्तिम चरणमा पुगेको छ । कास्कीमा मंगलवार मतदान हुने भएको छ । केही जिल्लाको मतदान भएर गणना जारी रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले ६३ जिल्लाको अधिवेशन एकैपटक उद्घाटन गरेका थिए ।

महासचिव शंकर पोखरेलले सिरहा जिल्ला अधिवेशन आइतवार उद्घाटन गरेपछि अधिवेशन भएका जिल्लाको संख्या ६४ पुगेको छ । सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र शुरु भएको छैन ।

केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने अध्यक्षमात्र सर्वसम्मत भएका जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् ।

जिल्ला अधिवेशनबाट प्रायः नयाँ अनुहार अध्यक्षमा आएका छन् ।

तत्कालीन नेकपा विभाजनपछि प्रचण्ड(माधव समूहतिर लागेका अध्यक्ष हटाएर बनाइएका तत्कालीन ओली पक्षका अन्तरिम अध्यक्षहरु नै प्रायः धेरै जिल्लामा निर्वाचनबाट आएका छन् । १० बुँदे सहमतिबाट एमालेमा रहेकामध्ये हालसम्म चुनावी प्रक्रियाबाट बागलुङका हिरा केसी र प्युठानका विजयविराज विष्ट निर्वाचित भएका छन् भने भोजपुरमा शरणकुमार राई सर्वसम्मत भएका छन् ।

अध्यक्षमात्र होइन पदाधिकारीमा पनि नयाँ युवाले प्रवेश पाएका छन् । एमालेले प्यानल बनाएर चुनाव लड्न रोक लगाएका कारण धेरै ठाउँमा गुटगत भन्दा पनि व्यक्तिगत प्रतिस्पर्धा भएको उपमहासचिव विष्णु रिमालले बताए ।

यी हुन अहिलेसम्म निर्वाचित अध्यक्षहरु:

प्रदेश १

१. झापा – दीपक कार्की


२. मोरङ – ऋषिकेश पोखरेल


३. खोटाङ – रामप्रसाद दंगाल


४. धनकुटा – इन्द्रमणि पराजुली


५. तेह्रथुम – तेजमान कन्दङवा


६ः पाँचथर – राजकुमार भण्डारी


७ः भोजपुर –शरण राई


८. इलाम- महेश बस्नेत


९. साेलुखुम्बु- डुफकुमार बास्ताेला


१०. उदयपुर- प्रमेश्वर घिमिरे


११. ओखलढुंगा–शंकर कटुवाल


प्रदेश २

१. सप्तरी – ताराकान्त चौधरी


वागमती

१. धादिङ – भूमी त्रिपाठी


२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु


३. भक्तपुर – बचन देउजा


४. रसुवा – कर्णेल तामाङ


५. रामेछाप – आनन्दकुमार श्रेष्ठ


६. नुवाकोट – बद्री मैनाली


७. मकवानपुर – एकलाल श्रेष्ठ


८. काठमाडाैं – दीपक निराैला


९. ललितपुर – पुरुषोतम आचार्य


१०. सिन्धुली- कुमारबहादुर कार्की


११. दोलखा: नरबहादुर श्रेष्ठ


गण्डकी

१. गोरखा – प्रेम गुरुङ


२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ


३. म्याग्दी – देवेन्द्र केसी


४. लमजुङ – कृष्णप्रसाद अधिकारी


५. बागलुङ- हिराबहादुर केसी


६. पर्वत–राजु पौडेल


७‍. नवलपुर–मुक्ती पाण्डे


लुम्बिनी

१. पाल्पा – धनेन्द्रराज घिमिरे


२. गुल्मी – बालकृष्ण काउछा मगर


३. अर्घाखाची – पिताम्बर भुसाल


४. बाँके – किस्मत कुमार कक्षपती


५. बर्दिया – लालबहादुर श्रेष्ठ


६. दाङ – हुकुमबहादुर बस्नेत


७. रुपन्देही – तेजेन्द्र केसी


८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)


९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)


१०. प्युठान–बिजयविराज विष्ट


कर्णाली

१. डोल्पा – शेरबहादुर बुढा


२. सल्यान – गोविन्द पुन मगर


३. जुम्ला – शान्तिलाल महत


सुदूरपश्चिम

१. डडेल्धुरा – प्रकाश साउद


२. बैतडी- सुरेन्द्र पाल


३. डोटी-चक्र मल्ल

गैरभौगोलिक जिल्ला

१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष – उमेश ढकाल


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित