पोर्चुगलको निर्वाचन परिणाम घोषणा : वर्तमान प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको गठबन्धन सबैभन्दा ठूलो

पोर्चुगलको निर्वाचन परिणाम घोषणा : वर्तमान प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको गठबन्धन सबैभन्दा ठूलो
www.europenepalikhabar.com २०८२ जेठ ४ गते आइतबार, 18-05-2025

 


राजकुमार थापा, लिस्बन, पोर्चुगल ।

युरोपनेपाली खबर, १८ मइ । मे १८ तारिख आइतबार पोर्चुगलको संसदका लागि भएको आम निर्वाचनमा २३० सीट मध्ये  पोर्चुगल भित्रको २२६ सीटको साढे तीन घण्टाभित्र सम्पूर्ण परिणाम आएको छ । अब विदेशमा भएका पोर्चुगिस नागरिकका लागि छुट्याइएको ४ सीटको मात्र रिजल्ट आउन बाँकी छ, जसका लागि केही दिनहरु लाग्नेछ । संसदमा बहुमत पुर्‍याउन ११६ आवश्यक पर्दछ ।

२२६ सीटमा वर्तमान प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले नेतृत्व गरेको  सोसियल डेमोक्रेटिक पार्टी (PSD)ले ८६ सीट(गठबन्धन सहित ८९ सीट) जितेर सबैभन्दा ठूलो पार्टी बनेको छ । उसले खसेको मतको ३२.१० प्रतिशत मत प्राप्त गरेको छ र अघिल्लो निर्वाचन भन्दा ८ सीट बढी ल्याएको छ । यसैगरी पेद्रो नुनो सान्तोसको सोसलिस्ट पार्टी (PS) ले ५८ सीट मात्र जितेर अघिल्लो निर्वाचन भन्दा २० सीट कम पाएर ठूलो पराजय भोगेको छ । PS ले जम्मा २३.३८ प्रतिशत मत मात्र पाएको छ ।

यसैगरी अति दक्षिणपन्थी पार्टी CHEGA ले आश्चर्यजनक प्रगति गर्दै ५८ सीट जितेको छ, जुन संख्या PS को बराबर हो । सेगाले अघिल्लो निर्वाचन भन्दा १० सीट बढी विजय हासिल गरी २२.५६ प्रतिशत मत पाएको छ ।

निर्वाचन परिणामले कुनै पार्टीको पनि बहुमत नआउँदा पोर्चुगलमा फेरि "हङ्ग पार्लियमेन्ट" बनेको छ । यद्यपि ठूलो पार्टीको नेताको हैसियतले वर्तमान कामचलाउ प्रधानमन्त्री लुइस मोन्टेनेग्रो नै  नयाँ प्रधानमन्त्री चयन हुने  आंकलन गरिएको छ ।

अन्य साना पार्टीहरु IL अघिल्लो निर्वाचन भन्दा राम्रो परिणाम सहित ९ सीट  जितेको छ भने Livro ले ६ सीट, PCP ले ३ सीट, PPD ले ३ सीट जितेको छ । लेफ्ट ब्लक (BE) लाई पनि ठूलो झड्का लागेको छ । उसले १ सीट मात्र जितेको छ भने PAN ले १ सीट र पहिलो पटक मदेइरा आइल्यान्णको क्षेत्रीय पार्टी JPP ले १ सीट जितेको छ ।

अब विदेशमा भएका पोर्चुगिस नागरिकका लागि छुट्याइएको ४ सीटको मात्र रिजल्ट आउन बाँकी छ, जसले सरकार बनाउन तात्विक फरक पार्ने छैन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित