-राजकुमार थापा, लिस्बन (पोर्चुगल) ।
युरोपनेपाली खबर, ११ मार्च - आजभन्दा ठिक १ बर्ष १ दिन अगाडि गठन भएको सोसियल डेमोक्रेटिक पार्टी(PSD) का नेता लुइस मोन्टेनेग्रो नेतृत्वको सरकार संसदमा मंगलबार(११ मार्च) भएको मतदानमा विश्वास मत नपाए संगै ढलेको छ ।
गणतन्त्र पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको सरकारलाई संसदमा उनको पार्टी PSD र केही साना पार्टीहरु CDS-PP, र IL ले मत दिए पनि बहुमतका लागि आवश्यक संख्या नपुगे पछि सरकार गिरेको हो ।
प्रधानमन्त्री मोन्टेनेग्रो विरुद्ध प्रमुख प्रतिपक्षी सोसलिस्ट पार्टी (PS) लगायत Chega, PAN, PCP, BE, र Livre ले मतदान गरेका थिए ।
प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ८८ र विपक्षमा १४२ मत परेको थियो ।
यो घटना संगै पोर्चुगलमा राजनैतिक संकट चुलिएको छ । एक बर्ष अघि भएको आम चुनावमा कुनै पनि पार्टीले सरकार बनाउनका लागि संसदमा आवश्यक बहुमत ल्याउन सकेका थिएनन् । यहाँ तीन बर्षमा तीन पटक संसदीय चुनाव हुने स्थित बनेको छ ।
२३० सदस्यीय पोर्चुगलको संसदमा बहुमतका लागि १ सय १६ सीट आवश्यक पर्छ । अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी PSD संग ७८ सीट मात्र थियो । उसले अन्य पार्टीहरुको समर्थनमा सरकार बनाएको थियो ।
पोर्चुगलको संविधान बमोजिम सरकारले विश्वासको मत पाउन नसकेपछि आम चुनाव गराउनु पर्ने वा संसदमा बहुमत सिद्ध गर्न सक्ने अन्य कुनै पार्टीलाई राष्ट्रपतिले सरकार बनाउन आमन्त्रण गर्नुपर्ने हुन्छ । तर, पोर्चुगलमा देखिएको राजनीतिक खिचातानीले कुनै पनि पार्टीले बहुमत पुर्याउने सम्भावना न्यून छ ।
सम्भवत: गणतन्त्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दि सौसाले संसद विघटन गरी नयाँ संसदीय चुनावको मिति छिट्टै घोषणा गर्ने अपेक्षा गरिएको छ । संवैधानिक प्रावधान अनुसार, संसद विघटनपछि ५५ देखि ६० दिनभित्र नयाँ चुनाव गरिनुपर्छ । यस आधारमा आगामी चुनावको सम्भावित मिति मे ११ देखि १८ तारिख भित्र हुनसक्छ । राष्ट्रपतिले राजनीतिक दलहरूसँग परामर्श सुरु गरिसकेका छन् र निकट भविष्यमा चुनावको मिति घोषणा हुने सम्भावना छ ।
गत बर्ष १० मार्च २०२४ मा भएको निर्वाचनमा पार्टीहरुले पाएको सीट संख्या :
FOUNDER/CHIEF EDITOR :