ओलीले संखुवासभामा भने - एमालेले मात्रै देश विकास गर्न सक्छ, भ्रष्ट गठबन्धनलाई तह लगाउन एमाले एक्कै काफी(फोटो-भिडियो)

ओलीले संखुवासभामा भने - एमालेले मात्रै देश विकास गर्न सक्छ, भ्रष्ट गठबन्धनलाई तह लगाउन एमाले एक्कै काफी(फोटो-भिडियो)
युरोपनेपाली खबर २०७८ पुष २६ सोमबार, 10-01-2022


युरोप । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेकका अन्य दल वामपन्थी खोल ओढेर दक्षिणपन्थीको सेवामा समर्पित भएको आरोप लगाएका छन् । एमाले संखुवासभाको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।

उनले देशमा परिवर्तन चाहने एकमात्रै वामपन्थी पार्टी एमाले भएको दाबी गरे । ‘वामपन्थी खोल ओढेका पार्टीमा साथीहरू अलमल नगर्नुहोस्,’ ओलीले भने, ‘एमाले मात्रै परिवर्तन चाहने, देशमा उन्नति, प्रगति चाहने, सामाजिक न्याय र समानता दिने पार्टी हो । वामपन्थी खोल ओढेर प्रतिक्रियावादी काम गर्ने दक्षिणपन्थीको सेवामा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, सरकार ढाल्ने र आफूलाई दक्षिणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नअल्मलिन आग्रह गर्छु ।’


यस्तै ओलीले नेपालको विकास अन्य पार्टीबाट सम्भव नरहेको बताए । नेपालको विकासको लागि एमाले नै चाहिने उनको दाबी छ । ‘अन्य दलहरूले नेपालकाे विकास चाहँदैनन् र गर्दैनन् पनि । नेपालकाे विकासका लागि एमाले नै चाहिन्छ,’ ओलीले भनेका छन् । उनले अप्राकृतिक र भ्रष्ट गठबन्धनलाई एमाले एक्लैले ठेगान लगाउने चुनौती दिए ।

उद्घाटन समारोहमा ओलीले अन्य दलहरूबाट एमाले प्रवेश गरेका नेता/कार्यकर्ताहरूलाई स्वागत पनि गरेका छन् ।

स्थानीय तह प्रतिनिधिविहीन बनाएर कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्र भइरहेको छ : ओली

अध्यक्ष ओलीले प्रतिनिधिविहीन बनाएर स्थानीय तह कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्र भइरहेको बताएका छन् । ओलीले कानुनअनुसार फागुनमा चुनाव हुनुपर्नेमा सरकारले कुनै तयारी नगरेको बताएका हुन् ।

'चरणबद्ध स्थानीय तहको चुनाव हुँदा पनि पहिलो चरणको चुनावलाई समय मानेर त्यसभन्दा दुई महिना अघि चुनाव हुनुपर्ने हो । फागुनमा स्थानीय तहको चुनाव गरिसक्नु पर्ने थियो तर फागुनमा चुनाव गर्ने कुनै सम्भावना छैन । किनभने यो सरकार लुटामारमा लागेको छ । चुनावतिर होइन,' उनले भने, 'स्थानीय तहलाई जनप्रतिनिधिविहीन नबाउने र कर्मचारीमार्फत चलाउने त्यो षड्यन्त्र गर्दैछ जुन २०५९ सालमा पनि गरेको थियो । २०५९ सालमा चुनाव गराइएन जन प्रतिनिधिको म्याद थपिएन र कर्मचारीलाई जिम्मा लगाइयो । जसले गर्दा स्थानीय तहहरु जनप्रतिनिधिविहीन र पंगु भए ।'

उनले एमालेमा सरकार नहुँदा स्थानीय तहको चुनाव गर्नका लागि २ दशक लागेको बताए ।

२०७४ साल वैशाख मसान्तका दिन स्थानीय तहको चुनाव भएको थियो । त्यसबेला तीन चरणमा स्थानीय तहको चुनाव भएको थियो ।

माओवादीका जिल्ला नेता सहित २५ सय एमालेमा प्रवेश 

जिल्ला अधिवेसन खुला सत्र कार्यक्रम प माओवादी केन्द्रका जिल्ला नेता एवं निर्वाचित वडा अध्यक्ष भरत खड्का, सदस्य  जित ब.राई र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुरेन्द्र खत्री लगायत कांग्रेस, राप्रपा, जसपाबाट २५ सय जनाकाे बृहत संख्यामा एमाले प्रवेश गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित