युरोपनेपाली खबर । सामाजिक सञ्जालको दुनियाँमा फेसबुकको राज चलिरहेको छ । आजभन्दा ठ्याक्कै १८ वर्षअघि अर्थात् २००४ फ्रेब्रुअरी ४ मा फेसबुक सुरु भएको थियो ।
मार्क जुकरबर्गले एउटा कलेज प्रोजेक्टको रुपमा फेसबुक सुरु गरेका थिए । आज यही फेसबुककै कारण जुकरबर्ग धनाढ्य व्यक्तिकाे सूचीमा अटाएका छन् ।
अघिल्लाे वर्षमात्रै फेसबुक कम्पनीकाे नाम परिवर्तन भएर मेटा राखिएकाे छ ।
फेसबुकबारे धेरै राेचक तथ्य छन्, जुन धेरैलाई थाहा नहुन सक्छ । यसै सन्दर्भमा आज हामी फेसबुकमा पहिलाे पटक कसकाे फेस देखिएकाे थियाे भन्ने विषयमा जानकारी दिँदै छाैं ।
एन्ड्रयू म्याक्कुलमले आफ्ना हार्भड युनिभर्सिटीका सहपाठी मार्क जुगरबर्गका लागि पहिलाेपटक फेसबुककाे लोगो डिजाइन गरिदिएका थिए । त्याे लाेगाेमा एक व्यक्तिकाे चित्र देख्न सकिन्छ ।
दुःखित मुद्रामा तलपट्टि हेरिरहेका एक व्यक्ति याे लोगोमा देख्न सकिन्छ । यस्तो लाग्थ्यो कि, प्रयोगकर्ताले फेसबुकमा के-के गरिरहेका छन् ती सबै यी व्यक्तिले नियालिरहेका छन् । वास्तवमा ती व्यक्ति को होलान् त ? काल्पनिक पो हुन् कि ?
तर ती व्यक्ति वास्तविक नै हुन् ।
जुकरबर्गका साथी म्याक्कुलमले अनलाइनमा फेला पारेकाे अल पाचिनाेको तस्वीर प्रयोग गरेर फेसबुकको लोगो बनाएका थिए । यसबारे द फेसबुक इफेक्टमा डेभिड किर्कप्याट्रिकले उल्लेख गरेका छन् ।
सन् २००७ सम्म फेसबुककाे लाेगाे यही थियाे । लाेगाेमा रहेका अल पाचिनाे वास्तवमा हलिउड कलाकार हुन् । अहिले उनी ८१ वर्षका भइसके । लाेगाेमा युवा अवस्थामा हुँदाकाे तस्वीर प्रयाेग गरिएकाे थियाे ।
FOUNDER/CHIEF EDITOR :