आइसिसीलाई तोकिएको समयभित्रै सदस्यता शुल्क बुझाउन एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष पन्थसहितको आग्रह

आइसिसीलाई तोकिएको समयभित्रै सदस्यता शुल्क बुझाउन एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष पन्थसहितको आग्रह
www.europenepalikhabar.com २०७८ फागुन २१ गते शनिबार, 5-03-2022


अमेरिका -  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) लाई तोकिएको समयभित्रै सदस्यता शुल्क बुझाउन एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थसहित आठ जनाले आग्रह गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पन्तसहित उपाध्यक्ष बिकाश उप्रेती, महिला उपाध्यक्ष दिक्षा बस्नेत, महिला सचिव सुनिता सापकोटा, बोर्ड अफ डाईरेक्टरहरु आशीष संग्रौला, शान्ती वाग्ले, ज्ञानेन्द्र गुरुङ र किरण बस्नेतले सदस्यता शुल्क तोकिएकै समयभित्र आइसिसीलाई बुझाउन आग्रह गर्नु भएको हो ।

गैर आवासीय नेपाली संघ, अमेरिकाको कार्यसमितिको आकस्मिक बैठकमा रकम तोकिएको समयमा बुझाउनुपर्ने स्पष्ट विचार राखेको बताउँदै यसलाई तोडमोड गरेर आईसीसीलाई बुझाउने रकम निकासा नगरिएमा आफुहरुको असहमती रहने एक विज्ञप्ति जारी गर्दै जनाइएको छ ।

आठ जनाले संयुक्त रुपमा जारी गर्नु भएको विज्ञप्तिमा भनीएको छ, ‘एनआरएनए, अमेरिकाको आफ्नै साख झर्ने काम, आइसिसीसँगको सम्बन्ध र आबद्धतामा आँच आउने क्रियाकलाप जसले सँस्था र समाज बिभाजन सम्म हुन सक्ने पूर्वानुमान गर्न सकिन्छ यदी यसो भएमा एनआरएनए अमेरिकाले जिम्मेवारी लिनुपर्ने हुन्छ ।’

आइसिसीले एनआरएनए अमेरिकासँगको आफ्नो आबद्धता खारेज गर्ने सम्मको पत्र काटी सकेको अवस्थामा एनआरएनए अमेरिकाको आफ्नै बिधानको धारा १८, उपधारा ग (१) मा प्रत्येक आजीवन सदस्य र साधारण सदस्यको ५ डलर आइसिसीलाई बुझाउन पर्ने स्पष्ट किटान गरिएको र एनआरएनए अमेरिकाले आफ्नो भवन खरिद गर्नको लागी सो रकम मिनाह गर्नको लागी आईसीसीलाई यसअघी गरिएको अनुरोध अस्वीकार गरिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एनआरएनए आइसिसीको बुधबार बसेको ८२ औं बैठकले पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसिसी अमेरिकासहित यूके, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अन्तिम अवसर दिएको थियो ।

साथै उक्त मितिभित्र शुल्क भुक्तानी नगरेको खण्डमा विधानको दफा १७.७ अनुसार यी एनसीसीहरुको मान्यता स्वतः समाप्त हुने र नयाँ एनसीसीको निर्वाचन गर्नको लागि एक तदर्थ समिति गठन गरिने निर्णय गरेको थियो ।                मार्च  ५ /२०२२

संयुक्त प्रेस विज्ञप्ती:

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका (NCC-USA) गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) को एक सदस्य राष्ट्र रहेको कुरा यहाँहरु सबैलाई सर्वविदित नै छ। गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल सरकारको परराष्ट्र मन्त्रालयसँग आबद्ध रहेको र दोहोरो नागरिकता, नेपालमा लगानी, Knowledge Sharing आदि जस्ता हाम्रो प्रतक्ष्य सरोकारका बिषयहरुमा नेपाल सरकारसँग समन्वय गरि काम गरि रहेको पनि हामी सबैलाई जानकारी भएकै बिषय हो। नेपाल सरकार र यसका आधिकारिक निकायहरुले गैर आवासीय नेपाली संघ अर्थात यसको अन्तर्राष्ट्रिय समन्वय समितिलाई मात्र चिन्दछ, अर्थात संसार भरि रहेका सम्पूर्ण नेपालीका सयौं/हजारौं संस्थाहरुसँग प्रतक्ष्य समन्वय गर्न नसकिने हुनाले एउटा मात्र आधिकारिक संस्थाको रुपमा यो स्थापना भएको हो। 

 हाल आएर एनआरएनए, अमेरिका र ICC बिच, सदस्यता शुल्क बुझाउने बारेमा समस्या देखिएको यहाँहरुलाई अवगत नै छ। यस्तो भएको खण्डमा, ICC ले एनआरएनए, अमेरिकासँगको आफ्नो आबद्धता खारेज गर्ने सम्मको पत्र काटी सकेको अवस्था छ। एनआरएनए, अमेरिकाको आफ्नै बिधानको धारा १८, उपधारा ग (१) मा प्रत्येक आजीवन सदस्य र साधारण सदस्यको $५ ICC लाई बुझाउन पर्ने स्पष्ट किटान छ। एनआरएनए , अमेरिकाले आफ्नो भवन खरिद गर्नको लागी सो रकम मिनाह गर्नको लागी आईसीसीलाई यसअघी गरिएको अनुरोध अस्वीकार गरिसकेको छ।आज भएको गैरआवासीय नेपाली संघ, अमेरिकाको कार्यसमितिको आकस्मिक बैठकमा रकम तोकिएको समयमा बुझाउनुपर्ने हाम्रो बिचार स्पष्ट राखेका छौ । यसलाई तोडमोड गरेर आईसीसीलाई बुझाउने रकम निकासा नगरिएमा हाम्रो असहमती रहेको जानकारी सम्पूर्ण सम्मानित सदस्य ज्युहरुमा जानकारी गराउन चाहन्छौ ।एनआरएनए, अमेरिकाको आफ्नै साख झर्ने काम, ICC सँगको सम्बन्ध र आबद्धतामा आँच आउने क्रियाकलाप जसले सँस्था र समाज बिभाजन सम्म हुन सक्ने पूर्वानुमान गर्न सकिन्छ यदी यसो भएमा एनआरएनए , अमेरिकाले जिम्मेवारी लिनुपर्ने हुन्छ ।

आम गैर आवासीय नेपालीको साझा संस्था एनआरएनए, अमेरिकालाई यस कठीन परिस्थितिबाट जोगाउनको लागी आम साधारण तथा आजीवन सदस्य ज्युहरु, पत्रकार मित्रहरु एबं सम्पूर्ण अमेरिकावासी दाजुभाई दिदिबहिनीहरुलाई आ-आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाउनु हुन बिनम्र अनुरोध गर्दछौ !

#SAVENRNA 

गैरआवासीय नेपाली संघ, अमेरिकाको तर्फबाट :

१. कृण्ण जीबी पन्थ - बरिष्ठ उपाध्यक्ष 

२. बिकाश उप्रेती - उपाध्यक्ष 

३. दिक्षा बस्नेत  - महिला उपाध्यक्ष 

४. सुनिता सापकोटा - महिला सचीव

५. आशीष सड्गरौला - बोर्ड अफ डायरेक्टर 

६. शान्ती वाग्ले- बोर्ड अफ डायरेक्टर 

७. ज्ञानेन्द्र गुरुड्ग - बोर्ड अफ डायरेक्टर 

८.  किरण बस्नेत - आरसिसी मिडवेस्ट

९ . बादल भुजेल - आरसीसी साउथ

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित