खाँदबारी न.पा. वडा नं. १० मा एमालेको पक्षमा जनलहर, सूर्य ध्वाजवाहक उम्मेदवारहरु ससक्त

खाँदबारी न.पा. वडा नं. १० मा एमालेको पक्षमा जनलहर, सूर्य ध्वाजवाहक उम्मेदवारहरु ससक्त
www.europenepalikhabar.com २०७९ बैशाख २५ गते आइतबार, 08-05-2022


आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा संखुवासभाको खाँदबारी नगरपालिकामा निर्वाचनको प्रचारप्रसार तीब्र बनेको छ । नगरपालिकाका ११ वटा वडा भरि नै जिल्लाको प्रमुख राजनैतिक शक्ति नेकपा एमाले र गठबन्धन आ-आफ्नो पक्षमा चुनावी परिणाम पार्न अन्तिम कसरतमा जुटेका छन् । नगरपालिकाको एउटा राजनैतिक केन्द्र साविकको सित्तलपाटी गाविसमा रहेको वडा नं. १० मा एमाले पक्षमा जनलहर देखिएको छ ।

प्राप्त रिपोर्ट अनुसार वडा नम्बर १० मा एमालेको घरदैलो सकिए संगै जनतामा उत्साह र लहर आएकोले मेयर, उपमेयर सहित वडा अध्यक्ष र चारै जना सदस्यले उल्लेख्य मतको अन्तरले एमाले  गठबन्धन भन्दा अगाडि देखिएको वडामा चुनावको अगुवाई गरिरहेका एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य माधव थापाले बताए ।

यस वडामा एमालेको तर्फबाट अध्यक्षमा बेदबहादुर चौहान, महिला सदस्यमा दुर्गा मगर, दलित महिला सदस्यमा सुशीला विक तथा खुला सदस्यहरुमा निरन श्रेष्ठ र राजेन्द्र कुमार थापा रहेका छन् ।

राजनैतिक र शैक्षिक रूपमा धेरै सचेत रहेको वडा नम्बर १० मा २२सय ३७ मतदाता रहेका छन् ।  सित्तलपाटी गाविस हुँदा देखि नै एमालेले सबै निर्वाचनमा विजय हासिल गर्दै आएकोले यसपटक पनि यस ठाउँको निर्वाचनमा एमालेका सबै उम्मेदवारहरुले विजय हासिल गर्ने अपेक्षा लिइएको संखुवासभा एमाले जिल्ला सदस्य महेश गौतमले जनाए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित