खाँदबारी न.पा.मा एमाले देखियो बलियो, गठबन्धन यसरी बन्यो कमजोर

खाँदबारी न.पा.मा एमाले देखियो बलियो, गठबन्धन यसरी बन्यो कमजोर
तस्बिर : एमालेबाट प्रमुखका उम्मेदवार जीतबहादुर घिमिरे र उपप्रमुखका उम्मेदवार महेश्वरा बज्राचार्य श्रेष्ठ
www.europenepalikhabar.com २०७९ बैशाख २६ गते सोमबार, 09-05-2022


- राजकुमार थापा, २६ बैशाख, खाँदबारी, संखुवासभा ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको औपचारिक प्रचारप्रसारको समय दुई दिन मात्र बाकी रहदा संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा चुनावी सरगर्मी उचाईमा पुगेको छ । एमाले विरुद्ध सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गरेसंगै खाँदबारी नगरपालिका सम्भावित परिणामबारे आंकलन हुन थालेको छ । एमाले पक्षमा देखिएको जनलहर र चुनावी माहोल तथा २०७४ को स्थानीय तह निर्वाचन परिणाम अनुसार जिल्ला प्रमुख राजनैतिक केन्द्र  खाँदबारी नगरपालिकामा गठबन्धनको अवस्थामा कुनै उत्साह देखिएको छैन, बरु असन्तुष्टिहरु छरपस्ट भएका छन् । खाँदबारी नगरपालिकाको प्रमुखमा उम्मेदवार रहेका नेकपा एमालेका जिल्ला अध्यक्ष जितबहादुर घिमिरे र गठबन्धन तर्फका नेपाली काँग्रेसका नेता महेश थपलिया बीच प्रतिस्पर्धा हुने निश्चितै छ । सामुहिक घरदैलो कार्यक्रम सकिंदासम्म एमालेको पक्षमा आएको जनलहरले खाँदबारीको प्रमुखमा जेबी घिमिरेले बाजी मार्ने आंकलन गर्न थालिएको छ ।

२०७४ को निर्वाचनमा एमालेले ५ हजार ५ सय ६५ मत ल्याएर विजयी बनेको थियो । यस्तै नेपाली काँग्रेसले ५ हजार १ सय  र नेकपा माओवादी केन्द्र ३ सय २७ मत पाएको थियो । सो निर्वाचनमा नेकपा एमालेको तर्फबाट विजयी हाँसिल गरेका उम्मेदवारले कांग्रेसलाई फराकिलो मतले पराजित गरेका थिए  । अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी  लगायतको गठबन्धन गरेको भएपनि मत अन्तरमा तात्विक फरक पर्ने देखिदैन । गत निर्वाचनको प्राप्त मतका आधारमा गठबन्धन दल मध्येका कांग्रेस र माओवादी केन्द्रको मत हिसाब गर्दा पनि एमाले भन्दा गठबन्धन कमजोर देखा परेको छ । एमालेमा तत्कालीन माओवादी केन्द्र वादल समुहको करिब तीन सय मत पनि जोडिएर आएको र एमालेको तर्फबाट उपप्रमुखमा खाँदबारी बजार क्षेत्रकै नेवार समुदायकी महिला उम्मेदवार महेश्वरा बज्राचार्य श्रेष्ठको उम्मेदवारीले एमालेको मत पहिले भन्दा झन् वृद्धि हुने देखिएको छ। नयाँ थपिएका मतदाता र युवाहरुमा एमालेको लहर आएकोले खाँदबारी नगरमा मेयर र उपमेयर दुवैमा एमाले विजय उन्मुख रहेको चर्चा चलेको छ । गठबन्धनका तर्फबाट खाँदबारी नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रबाट दिव्यराज बरालको उम्मेदवारी रहेको छ ।

नगर भित्र रहेको ११ वटा वडा मध्ये  ७ वटा वडामा एमाले मजबुत देखिएको छ । ती वडाहरुमा मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्यहरु सबैले उल्लेख्य मतले एमालेका उम्मेदवारहरुले विजय प्राप्त गर्ने  रिपोर्टहरु प्राप्त भएका छन् ।  नगरका ४ वटा वडाहरुमा चैं एमाले र काँग्रेसका उम्मेदवारहरु बीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।

आजसम्म प्राप्त तथ्यांक र आंकडा अनुसार खाँदबारीको मेयरमा एमालेका जीतबहादुर घिमिरेले झन्डै एक हजार मतको अन्तरले विजय प्राप्त गर्ने सम्भावना देखिएको छ भने उपमेयरमा एमालेकी महेश्वर बज्राचार्य श्रेष्ठले यो अन्तरलाई अझै बढाउने अनुमान गरिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित