परमाणु युद्ध सुरु भयो भने नेटो गठबन्धनका देशहरू आधा घण्टाभित्र समाप्त हुन्छन्

परमाणु युद्ध सुरु भयो भने नेटो गठबन्धनका देशहरू आधा घण्टाभित्र समाप्त हुन्छन्
www.europenepalikhabar.com २०७९ बैशाख ३१ गते शनिबार, 14-05-2022


रुसको अन्तरिक्ष एजेन्सी रोसकोस्मोसका प्रमुख दिमित्री रोगोजिनले आणविक युद्ध भए रुसले आधा घण्टाभित्र नेटो राष्ट्रहरूलाई समाप्त गर्ने धम्की दिएका छन् । दिमित्री आफ्नो उत्तेजक र धम्कीपूर्ण बयानका लागि परिचित छन्। युक्रेनमा आक्रमण गरेदेखि दिमित्री रोगोजिन लगातार संसारलाई तर्साउने कोशिस गर्दै छन्।

गत हप्ता यो रिपोर्ट गरिएको थियो कि दिमित्री रोगोजिनले स्पेसएक्स कम्पनीका मालिक र अमेरिकी अरबपति एलोन मस्कलाई धम्की दिएका थिए। यसअघि उनले अन्तर्राष्ट्रिय स्पेस स्टेसनबाट हटेर स्पेस स्टेसनलाई भत्काउने धम्की समेत दिएका थिए ।

रुसी अन्तरिक्ष एजेन्सीका प्रमुख दिमित्री रोगोजिनले आफ्नो टेलिग्राम खातामा लेखेका छन् ‘युक्रेनी सेनाको ३६औं मरीन ब्रिगेडका कमाण्डर कर्नल दिमित्री कोर्म्याकोभसँग गरिएको सोधपुछले एलन मस्कको स्टारलिंक इन्टरनेट स्याटेलाइट टर्मिनल युक्रेनी मरीन र नाजी अजोभ बटालियनलाई दिइएको खुलासा गरेको छ । यसको लागि मारिउपोलदेखि सैन्य हेलिकप्टर प्रयोग गरियो।’

दिमित्री रोगोजिनले भने कि एलन मस्कले युक्रेनको फासिस्ट सेनालाई सैन्य सञ्चारको लागि प्रविधि प्रदान गरिरहेको छ। एलन यसको लागि जिम्मेवार छन्। यो युद्धको बीचमा उसले बाल्यकर्म गरेको भए पनि उसलाई वयस्क जस्तै जिम्मेवार ठहराइनेछ।

दिमित्री रोगोजिनले आफ्नो टेलिग्राम खातामा लेखे कि यदि परमाणु युद्ध भयो भने नेटो देशहरूलाई आधा घण्टामा नष्ट गरिदिन्छौं । अर्को विकल्प हुन्छ कि हुँदैन भन्ने उनले बताएनन् । तर यो हुन नदिने पनि बताए । किनभने यदि सबै देशले परमाणु आक्रमण गर्न थाले भने पृथ्वीको अवस्था बिग्रन्छ ।

रोगोजिनले यसकारण कुनै पनि देशलाई हराउन परम्परागत आर्थिक र सैन्य विधि अपनाउनुपर्ने बताए । यस्तो जितको आनन्द नै बेग्लै हुने उनले बताए । रुसले आफ्नो सेना र यससँग सम्बन्धित उद्योगलाई पूर्ण रूपमा युद्धको मैदानमा उतार्न सक्ने र यो काम छिटो भयो भने जित सजिलै हुने उनले बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित