•राजकुमार थापा/खाँदबारी- १० युरोपनेपाली खबर - अहिलेको जमनामा मान्छे आफ्नो वृत्तिविकास र अवसरको लागि सुविधा सम्पन्न ठाउँमा बस्न खोज्छ, नयाँ अवसर खोज्दै विदेशका विकसित देशहरु पस्न खोज्छ, राजधानीलाई आफ्नो कर्मथलो रोज्छ । तर, कोही कोही मान्छे व्यक्तिगत अवसर पाउँदा पनि अपवाद हुन्छन्, सुखसुविधालाई सजिलै त्याग्छन् । हो यस्तै एउटा छुट्टै सोचाइ, विचार र दृष्टिकोण बोकेर आफ्नै गाउँठाउँ, भीर, पाखापखेर र गाउँवासीकै सुखदुःखमा रमाइरहेका व्यक्ति हुन् अधिवक्ता भविश्वर गुरुङ ।
गुरुङका बुबा बृटिस लाहुरे, उनी आफैं पनि काठमाडौमा जानेमानेका वकिल, घरगाडी अड्डाअफिस सबै थिए । उनलाई बेलायत गएर उतै बसोबास गर्ने र सुविधाको जीवन विताउने अवसर थियो तर छोडिदिए, न्यायाधीश बन्ने लाइन र मौका थियो त्यसलाई पनि स्वीकारेनन्। बरु यी सबै अवसर, सुविधा र आरामको जीवन छोडेर आफ्नै गाउँठाउँको सेवा गर्न डेढ दसक अघि उनी फर्किए संखुवासभाको खाँदबारी, सेकाह- मानेभञ्ज्याङ ।
उनी गाउँ फर्किएपछि पनि आफ्नै ठाउँ, क्षेत्र र जिल्लावासी दाजुभाइ दिदिबहिनीहरुकै सेवामा रमाए । जिल्लावासीलाई परेको पीरमार्का, दु:ख कष्टमा सहभागी भएर निरन्तर लागिरहे र लागिरहेका छन् । आफ्नो राजनैतिक आस्था नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहेर गाउँठाउँमा नै रमाएका यी वकिलसावले अहिले जनप्रतिनिधि भएर निरन्तर जनताको सेवा गर्ने अवसर दिनका लागि फेरि सभा खोलाको किनारदेखि मकालु हिमालको फेदसम्म घरदैलो गरिरहेका छन् ।
नेकपा एमालेको तर्फबाट संखुवासभाको प्रदेशसभा "क" का उम्मेदवार अधिवक्ता उनै भविश्वर गुरुङ भन्छन् " मसंग हाम्रो गाउँ, ठाउँ, क्षेत्र र जिल्ला समृद्ध, विकसित र जिल्लावासीलाई सुखी बनाउने सपना बाहेक अरु कुनै स्वार्थ छैन, मेरो व्यक्तिगत फाइदाका लागि भए मलाई अरु नै अवसर धेरै थिए, तर म ती सबै अवसरलाई त्यागेर गाउँठाउँ क्षेत्र र जिल्ला बनाउनु पर्छ भनेर लागेको हुँ । एकपटक अवसर प्रदान गरिदिनु हुन जिल्लावासी सम्पूर्ण आमाबुबा, दिदिबहिनी, दाजुभाइहरमा विनम्र अनुरोध गर्दछु । प्रदेशसभाको जनप्रतिनिधि भएर काम गर्ने मौका मिल्यो भने जिल्ला र जिल्लावासीको शीर झुकाउने काम गर्ने छैन् बरु आहा क्या बात भन्ने नै बनाउने प्रण गर्दछु ।"
FOUNDER/CHIEF EDITOR :