प्रवासबाट संखुवासभाको समृद्धिको सपना साँचेर

प्रवासबाट संखुवासभाको समृद्धिको सपना साँचेर
www.europenepalikhabar.com २०७९ कार्तिक २२ गते मंगलबार, 8-11-2022


राजकुमार थापा/युरोप ।

प्रकृतिमा पाइने अनेकौं अनुपम उपहारहरु छन्,हिउँले सेताम्मे फूलेका हिमाल छन्, संसार कै उच्चतम स्थानको उद्गगम भएर बार्हैमास उहीँ गतिमा निरन्तर बग्ने नदी छन्, विश्व मै दुर्लभ  हजारौं प्रजातिका बनस्पति, जीवजन्तु, पशुपंक्षी छन्, हिमालदेखि तराईसम्म(उत्तर-दक्षिण) नाका छन्, दुनियाँ चिनाउने भाका छन्,सबैभन्दा होचो उपत्यका छ, चैनपुर तिर करुवा छ, खाँदबारी तिर मरुवा छ,(करुवा र मरुवाको आफ्नै प्रसिद्धि छ, पछि लेखौंला)

अर्थात मकालु छ, अरुण छ, अरुण उपत्यका छ, झरना छ,ताल छ, टार छ, गुराँस छ, मनकामना,सिद्धकाली, ख्याम्पालुङ के छैन त्यहाँ सबथोक छ ।

 चन्द्र पुरी र हरि नेपालहरु जस्ता शहिदको रगतले सिन्चित भूमि हो, बासु शाक्य जस्ता अदम्य साहसका शिखर क्रान्ति योद्धाहरु जन्माएको ठाउँ हो, प्रकृति नै उसको चिनारी हो, संखुवा र सभा खोलाहरुको संयोजन वा मितेरी नै उसको नाम हो,  बर्णन गर्नु पर्ने कुरा कति छन् कति...! त्यसैले त उ संखुवासभा हो, हामी जन्मिएको माटो हो ।

नवीन खड्का, स्व. खेमराज गुरुङ जस्ता गला र कलाका प्रतिभा जन्माएको संखुवासभाले आफ्नो सुन्दर प्राकृतिक छटामुनी अब  विकास र समृद्धिको सपना पूरा गर्नुछ, जुन मौका र समय संघार मै आएको छ, मौका सधैंभरि आइरहदैंन र पर्खेर पनि बस्दैन ।

सम्भवत: जिल्लाकै इतिहासमा त्यहाँको विकास र राजनीतिलाई केन्द्रसम्मै जोड्न सक्ने ल्याकत भएको नेतृत्व र व्यक्तित्व आज मैदानमा छ, उ नेतृत्व मात्र होइन, विकास र समृद्धिको सुस्पष्ट दृष्टिकोण हो, केन्द्रीय राजनीतिमा पहुँच राख्ने र जिल्लामा बिराट सम्भावनाहरु खोल्ने द्वार हो, एउटा लेखक हो, पत्रकार हो र विद्वताले भरिएको बहुप्रतिभाशाली भविष्यको द्रष्टा हो, उ हो, संखुवासभाले गर्व गर्न लायक जनताको छोरो राजेन्द्र गौतम, प्रतिनिधिसभामा एमालेको सूर्य ध्वजाबाहक उम्मेदवार ।

उनका  सुयोग्य सारथीहरु छन्, त्यो माटोमा भिजेका,सबैले चिनेका, युवा र बौद्धिक व्यक्तित्वहरु प्रदेशसभा (क) मा अधिवक्ता भविश्वर गुरुङ र  प्रदेश (ख)मा विदुर लिङ्थेप।

समय छेउ मै आयो, जनताले मौका पायो, त्यसैले,

संखुवासभाको विकास र समृद्धिमा हातेमालो गरौं,

सधैंभरि सुनौलो अवसर आँउदैन,

यो समय मौका चुकाउन हुँदैन.. !

एमालेका उम्मेदवारहरुलाइ विजयी बनाऔं !!                                                                                            (थापाको फेसबुक स्टाटसबाट साभार)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित