ओली संसारकै उत्कृष्ट नाइट क्लब ठमेलको LOD पुग्दा जे देखियो (फोटो फिचर)

ओली संसारकै उत्कृष्ट नाइट क्लब ठमेलको LOD पुग्दा जे देखियो (फोटो फिचर)
www.europenepalikhabar.com २०७९ कार्तिक २५ गते शुक्रबार, 11-11-2022


राजकुमार थापा, युरोपनेपाली खबर, पोर्चुगल ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली शुक्रबार  युवाहरू माझ चर्चित एक नाइट क्लबमा पुगेका छन् ।

काठमाडौंको ठमेलमा रहेको LOD एलओडी (लर्ड अफ द ड्रिङ्स) क्लबमा पुगेर ओलीले रात्री जीवनको युवाहरु माझ मजा लिए । एलओडू संसारकै ५२ औँ उत्कृष्ट क्लब घोषित भएको थियो ।

डिजे म्यागले छानेको सन् २०२२ को उत्कृष्ट १ सय क्लबमध्ये एलओडी ५२औँ नम्बरमा परेको हो । सात वर्षअघि खुलेको यो क्लबमा ५ हजार मानिस अटाउन सक्ने क्षमता छ ।


२०७० सालमा १२ करोड लगानीमा खुलेको यो क्लबको लगानी हाल २५ करोड पुगिसकेको क्लबका सीईओ रविन श्रेष्ठले जानकारी दिए । क्लबमा भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी, पूर्वराजा ज्ञानेन्द्र शाहलगायतको फोटो पनि सार्वजनिक भएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित