संखुवासभामा प्रतिनिधि सभा र प्रदेशसभा क मा गठबन्धन र प्रदेशसभा ख मा एमाले विजयी

संखुवासभामा प्रतिनिधि सभा र प्रदेशसभा क मा गठबन्धन र प्रदेशसभा ख मा एमाले विजयी
www.europenepalikhabar.com २०७९ मंसीर १० गते शनिबार, 26-11-2022


युरोपनेपाली खबर । 

संखुवासभाको प्रतिनिधि सभामा सत्ता गठबन्धन दलले जितेको छ । प्रतिनिधि सभा सदस्यमा गठबन्धन दल नेपाली कांग्रेसका दीपक खड्का र प्रदेश सभा (१)मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका हुन् । 

प्रतिनिधि सभाका उम्मेदवार खड्काले ३२ हजार १५८ मत ल्याएर निर्वाचित भएको सहायक निर्वाचन अधिकृत डा.इन्द्र सापकोटाले जानकारी दिए । उनका निकटम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ हजार ७१९ मत प्राप्त गरे । खड्काले ५ हजार ४३९ मतान्तरले विजयी भए । 

विसं २०७० को निर्वाचनमा खड्काले एमालेका गौतमलाई पराजित गरेका थिए । कांग्रेसका खड्का र एमालेका गौतमबीच यो तेस्रो भीडन्त हो । खड्का कांग्रेस संखुवासभाका जिल्ला सभापतिसमेत हुन् । जिल्लामा प्रतिनिधि सभातर्फ ६५ हजार ३३७ मत खसेको थियो । त्यसमध्ये २ हजार ७५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभामा दुई स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी दिएका थिए ।

प्रदेश सभा (क)मा माओवादी केन्द्र विजयी

प्रदेश सभा (१)मा माओवादी केन्द्र कार्कीले १३ हजार ४३३ मत ल्याएर निर्वाचित भएका छन् । कार्की ३४ मतान्तरले विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका भविश्वर गुरुङले १३ हजार ३९९ मत ल्याए । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेश सभा (१)मा ३१ हजार ५०४ मत खसेको थियो । प्रदेश सभामा २०६४ र २०७४ मा माओवादी र २०७० मा कांग्रेसले जितेको थियो । यस निर्वाचनसहित माओवादी केन्द्रले तेस्रोपटक प्रदेश सभा (१)मा जितेको छ । 

प्रदेश सभा(ख) एमाले विजयी 

प्रदेश सभा(२) मा सदस्यमा नेकपा (एमाले)का विदुरकुमार लिङ्थेप निर्वाचित भएका छन् ।  एमालेका लिङ्थेपले १५ हजार ४८२ मत ल्याएर निर्वाचित भए । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का सरिता थापाले १५ हजार २४२ मत ल्याइन् ।

एमालेका लिङ्थेप २४० मतान्तरले विजयी भएका हुन् । विजयी लिङ्थेप मादी नगरपालिकाका निवर्तमान प्रमुख थिए । गठबन्धनको साथ पाएका थापा यसअघि समानुपातिकबाट प्रदेश सभा सदस्य भई सामाजिक विकास समिति सभापति भइसकेका छन् । एमालेका लिङ्थेप र समाजवादीकी थापा पूर्वसहकर्मीसमेत हुन् । प्रदेश सभा(२)मा ३४ हजार मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित ८ जनाको उम्मेदवारी परेको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित