पोर्चुगलमा नेपाली आप्रवासीको संख्या टपटेन भित्र, यस्तो छ तथ्यांक

पोर्चुगलमा नेपाली आप्रवासीको संख्या टपटेन भित्र, यस्तो छ तथ्यांक
www.europenepalikhabar.com २०७९ माघ ४ गते बुधबार, 18-01-2023


युरोपनेपाली खबर ।

लिस्बन । पोर्चुगलमा नेपाली आप्रवासीको संख्या टप टेनमा रहेको सेफ(SEF)द्वारा जारी पछिल्लो तथ्यांकले देखाएको छ । सन् २०२२ को अन्त्यमा प्रकाशित विवरणले पोर्चुगलमा लगातार रूपमा आप्रवासीहरुको संख्या बढिरहेको देखिएको छ । जस अनुसार  सन् २०२२ को अन्त्यसम्ममा पोर्चुगलमा दर्ता भएका आप्रवासीहरुको  संख्या ७,५७,२५२ जना पुगेको छ । 

पोर्चुगलको आवासीय अनुमतिपत्र (रेसिडेन्सी कार्ड) र सिटिजनसीप प्राप्त आप्रवासी व्यक्तिहरुलाई मात्र यो तथ्यांकमा समेटिएको छ । फिनान्स नम्बर लिएका वा सेफ इन्ट्री गरेकाहरुलाई यो विवरणमा नसमेटिएको जनाइएको छ ।

सेफका अनुसार पोर्चुगलमा उच्च आप्रवासी रहेका दस देशमा सबैभन्दा बढी ब्राजिलियन रहेका छन् । उनीहरू संख्या २,३३,१३८ जना रहेको छ । यसपछाडि क्रमशः बेलायका ३६,६३९ जना, क्यावो भेर्दका ३५,७४४ जना, भारतका ३४,२३२ जना, इटालीका ३३,७०७ जना, एङ्गोला ३०,४१७ जना, फ्रान्सका २७,६१४ जना, युक्रेनका २६,८९८ जना, रोमानियाका २३,९६७ र नेपालका २३,४४१ रहेका छन् ।

गैरआवासीय नेपाली संघ (NRNA, Portugal) पोर्चुगलका महासचिव राजकुमार थापाका अनुसार सेफको यो तथ्यांक आवासीय अनुमतिपत्र (रेसिडेन्सी कार्ड) प्राप्त व्यक्तिहरुको मात्र भएको हुँदा पोर्चुगलमा वास्तविक नेपालीहरु संख्या यो भन्दा निक्कै बढी रहेको बताउँछन् ।

महासचिव थापाको अनुमानमा रेसिडेन्सी कार्ड नपाइसकेका वा पाउने प्रतीक्षामा रहेका, फिनान्स र सेफ इन्ट्री गरेका थप १२ देखि १५ हजार नेपाली रहेको हुनुपर्ने हो । यो तथ्यांक र अनुमान अनुसार पोर्चुगलमा आवासीय अनुमतिपत्र पाएका २३,४४१ जना र पाइनसकेका १२ देखि १५ हजारको आंकलनले हाल ३५ देखि ४० हजार नेपाली  पोर्चुगलमा रहेको हुनु पर्दछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित