१९९ देशका बासिन्दाको बौद्धिक स्तर परीक्षण सुचीमा नेपाली सबैभन्दा अन्तिममा, कहाँका छन् उत्कृष्ट ?

१९९ देशका बासिन्दाको बौद्धिक स्तर परीक्षण सुचीमा नेपाली सबैभन्दा अन्तिममा, कहाँका छन् उत्कृष्ट ?
www.europenepalikhabar.com २०७९ माघ २८ गते शनिबार,11-02-2023


१९९ देशका बासिन्दाको बौद्धिक स्तर परीक्षण सुचीमा नेपालीहरु १९९ औं रहेको तथ्यांक सार्वजनिक भएको छ । आय र जलवायुसँग सम्बन्धित बुद्धिमत्ता, अल्स्टर इन्स्टीच्युटको बाट तयार पारिएको राष्ट्रहरूको बुद्धिमत्ता, औसत बुद्धिमत्ता अनुसार देशहरूको विश्वसुची  र बौद्धिकता सामाजिक विज्ञानका लागि एक एकीकृत निर्माण अनुसार नेपालीहरुको बौद्धिक स्तर विश्वमा नै कम रहेको सुची वर्ल्ड पपुलेशन रिभ्युले प्रकाशित गरेको छ ।

सबैभन्दा राम्रो बौद्धिक क्षमता भएका देशहरुको सुची : 

अल्स्टर इन्स्टीच्युटको तथ्यांक अनुसार सबैभन्दा धेरै बौद्धिकस्तर जापानीहरुको देखिएको छ भने दोश्रोमा ताइवान र तेश्रोमा सिंगापुरका बासिन्दाहरु छन् । चौथोमा हङकङ, पाँचौंमा चीन, छैठौंमा साउथ कोरिया, सातौंमा बेलारुस, आठौंमा फिनल्याण्ड र नवौंमा लिचेंस्टीन रहेको छ । दशौंमा नेदरल्याण्डस र जर्मनी रहेका छन् ।

सबैभन्दा खराब बौद्धिक क्षमता भएका देशहरुको सुची : 

त्यस्तै सबैभन्दा खराब बौद्धिक क्षमतामा नेपालका बासिन्दाहरु पहिलो, लाइबेरियाका दोश्रो र सिरिया लियोनका तेश्रो रहेका छन् । त्यस्तै चौथोमा ग्वाटेमाला, पाँचौंमा केप भर्डे, छैठौंमा गाम्बिया, सातौंमा निकारागुवा, आठौंमा गायना, नवौंमा आइभरी कोष्ट र दशौंमा घाना रहेका छन् ।

बौद्धिक क्षमताको सुचीमा अमेरिका २९ नम्बरमा रहेको छ भने यूके २० नम्बरमा रहेको छ । भारत १४३ नम्बरमा रहेको छ । अर्थात् भारतका बासिन्दा पनि बौद्धिक क्षमतामा निकै कमजोर भएको सुचीमा उल्लेख छ । जापानको स्कोर सबैभन्दा राम्रो १०६ दशमलव ४८ छ भने नेपालको स्कोर सबैभन्दा खराब ४२ दशमलव ९९ रहेको छ ।

बौद्धिक क्षमता आईक्यको मापन मानव बुद्धिको मापन हो। आफ्नो बौद्धिक परीक्षा मापन गर्न चाहने व्यक्तिहरूले मानकीकृत परीक्षणहरू लिन्छन् र तिनीहरूको बौद्धिक स्तर निर्धारण गर्ने स्कोर प्राप्त गर्छन्। व्यक्तिको स्कोर जति उच्च हुन्छ, त्यो व्यक्ति त्यति नै बुद्धिमान मानिन्छ।

अल्स्टर इन्स्टिच्युटका अनुसन्धानकर्ता रिचर्ड लिन र डेभिड बेकरले गरेको अध्ययन प्रतिवेदनको पूर्ण पाठ हेर्न यहाँ क्लीक गर्नुहोला ।

बौद्धिक क्षमता स्कोरहरू सामान्यतया शिक्षाको गुणस्तर र तिनीहरूको स्थानीय भौगोलिक क्षेत्रमा मानिसहरूलाई उपलब्ध स्रोतहरू प्रतिबिम्बित गर्दछ। कम बौद्धिक क्षमता स्कोर भएका विश्वका क्षेत्रहरू सामान्यतया शिक्षाका क्षेत्रमा गरिब र कम विकसित छन् । धेरै अन्वेषकहरूले पनि बौद्धिक क्षमताको प्रयोग गरेर विश्वका स्मार्ट देशहरू निर्धारण गर्छन्।

२०१२ मा अनुसन्धानकर्ता रिचर्ड लिनको तथ्यांकमा नेपालीहरुको बौद्धिक क्षमता केही राम्रो देखिएको छ । तर पछिल्लो रिपोर्टमा भने सबैभन्दा खराब देखिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित