युरोपबाट उदाएर उक्लिएको नौ बर्ष !

युरोपबाट उदाएर उक्लिएको नौ बर्ष !
www.europenepalikhabar.com २०८१ असार २० गते बिहीबार, 4-07-2024


"न कसैको पक्ष न कसैको विपक्ष मात्र निष्पक्ष" भन्ने मूल मन्त्रका साथ सन् २०१६ जुलाई ४ तारिख अनलाइन पत्रिकाको रूपमा आफ्नो पहिलो अंक प्रकाशित गरेर सुरु भएको युरोपनेपाली डटकमले  सन् २०२० को जुलाई ४ तारिख तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट एउटा भव्य कार्यक्रम आयोजना गरी पत्रिकाको नामलाई थोरै परिमार्जन गर्दै संचालित भइरहेको "युरोपनेपाली खबर डटकम" आज सन् २०२४ को जुलाई ४ तारिख आठ बर्ष पुरा गरी नवौं बर्षमा प्रवेश गरेको छ ।

निरन्तरको मेहनत, संघर्ष र समर्पणबाट नवौं बर्ष प्रवेश गरिरहेको यो गौरवपूर्ण अवसरमा यस मिडियामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिनु भएका सम्पूर्ण साथीहरु, समस्त पाठक, दर्शक र शुभचिन्तकहरुमा यहाँहरुको सहयोग, सद्भाव र सुभेच्छाका लागि हृदयदेखि नै हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछौं ।

जब हामीले मूलरूपमा पोर्चुगलबाट समग्र युरोपको नेपाली समुदायलाई केन्द्रमा राखेर यो पत्रिका सुरु गर्यौ, यसको मुख्य चुनौती निरन्तरता र स्थिरता थियो । किनकी युरोपबाट संचालित नेपाली भाषाका अनलाइन मिडियाहरु खुल्ने अनि केही महिना वा समय चल्ने र बन्द हुने गर्दथे, अहिले पनि यस्तो हुने क्रम रोकिएको छैन । तर हामीले नआत्तिकन जस्तोसुकै कठिनाइ र प्रतिकूलता आइपर्दा पनि धैर्यतापूर्वक संघर्ष गर्यौ, जसको प्रतिफलस्वरुप युरोपनेपाली खबर आजको दिनसम्म आइपुग्दा युरोपमा सबैभन्दा लामो समयदेखि निरन्तर संचालित नेपाली भाषाको लोकप्रिय अनलाइन पत्रिकाको रूपमा स्थापित हुँदै आफ्नो चिनारीलाई एउटा स्वतन्त्र, निष्पक्ष र स्वाभिमानी मिडियाको रूपमा उँचो भएको पाउँदा हामी गौरवको अनुभव गर्दछौं । र, भविष्यमा पनि  हाम्रो यात्रालाई अलमलिन र ढलमलिन नदिन प्रतिवद्द छौं । 

अन्त्यमा युरोपको नेपाली समुदायमा सकारात्मक सन्देश प्रवाह गर्दै नेपाल र नेपालीको पहिचानलाई युरोपमा स्थापित गर्न र युरोपका विविध खबर संसारभर पुर्‍याउन हामी निरन्तर रूपमा क्रियाशील रहने र युरोपनेपाली खबरलाई अझै ससक्त बनाउने प्रतिवद्दता व्यक्त गर्दै यहाँहरुको साथ र सहयोग सदैव रही रहनेछ भन्ने विश्वास व्यक्त गर्दछौं ।

- राजकुमार थापा

संस्थापक/प्रधानसम्पादक 

तथा युरोपनेपाली खबर टीम ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित