राष्ट्रपतिमा रामचन्द्र र सुवास दुई जनाको उम्मेदवारी

राष्ट्रपतिमा रामचन्द्र  र सुवास दुई जनाको उम्मेदवारी
www.europenepalikhabar.com २०७९ फागुन १३ गते शनिबार, 25-02-2023


 राष्ट्रपतिका लागि दुई जनाको मात्रै मनोनयन दर्ता भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रपति पदका लागि शनिबार नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेतर्फबाट सुवासचन्द्र नेवाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदै छ । निर्वाचनका लागि शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

पौडेलको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा छन् । नेम्वाङको समर्थक र प्रस्तावकमा भने एमालेका सांसद छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित