जनता मावि चन्दनपुर संखुवासभाका पूर्व विद्यार्थीहरुको एसोसिएसन गठन

जनता मावि चन्दनपुर संखुवासभाका पूर्व विद्यार्थीहरुको एसोसिएसन गठन
www.europenepalikhabar.com २०७९ फागुन २२ गते सोमबार, 5-03-2023


कोशी प्रदेशको पहाडी/हिमाली जिल्ला संखुवासभाको सबैभन्दा पुरानो मध्ये एक जनता मा. वि. चन्दनपुर, खाँदबारी-१०, संखुवासभाको ८४ औं बार्षिकोत्सवको अवसर पारेर पहिलो पटक सो विद्यालयका पूर्व विद्यार्थीहरुको एसोसिएसन वि. सं.  २०७९ फागुन २२ गते (६ मार्च २०२३) गठन भएको छ। 

"पूर्व विद्यार्थी एसोसिएसन जनता मावि खाँदबारी-१०, चन्दनपुर, संखुवासभा" को संस्थापक कार्यसमितिको अध्यक्षमा हाल युरोपेली मुलुक पोर्चुगलमा कर्मथलो रहेका खाँदबारी-१०, सिरिसेका राजकुमार थापा सर्वसम्मत चयन भएका छन् भने १३ सदस्यीय समितिको सदस्य-सचिवमा हाल बेलायतमा बसोबास गरिरहेका खाँदबारी-१० कै सुवास भण्डारी रहेका छन् । 

"वि. सं. १९९५ सालमा भाषा पाठशालाबाट अध्ययन,अध्यापन शुरु भएर माध्यमिक विद्यालय हुँदै अहिले प्लस टु सम्म पढाइ हुने उक्त भेगकै मुख्य शैक्षिक केन्द्र मानिएको जनता मावि चन्दनपुर, संखुवासभाका पूर्व विद्यार्थी, शिक्षक, कर्मचारीहरु बीच आपसी सम्बन्ध एवं सद्भाव विस्तार, नवीकरण तथा  ज्ञान,सीप, अनुभव आदानप्रदान र विद्यालयको शैक्षिक,भौतिक विकास, उन्नयन र समृद्धिमा कुनै न कुनै रुपबाट सहयोग र टेवा पुगोस् भन्ने पवित्र भावनाकासाथ पूर्व विद्यार्थी एसोसिएसन गठन गरिएको" समितिका अध्यक्ष थापाले बताए ।

समितिको तर्फबाट अध्यक्ष थापाले एक अपील जारी गर्दै भनेका छन्,"विद्यालयसंग सम्बन्धित देश विदेशमा रहनु भएका सम्पूर्ण भूतपूर्व विद्यार्थी, शिक्षक/शिक्षिका, कर्मचारी लगायत सम्बन्धित सरोकारवाला सबै महानुभावहरुमा सहयोग, सहभागिता, सुभेच्छा, सद्भाव, सहकार्य, ऐक्यवद्धता र सल्लाह सुझावका लागि विनम्रतापूर्वक हार्दिक आग्रह गर्दै विद्यालयको शैक्षिक उन्नयन, विकास, समृद्धि र विद्यार्थीहरुको सुनौलो भविष्यका लागि  निरन्तर सकृयताका साथ कुशल नेतृत्व प्रदान गर्दै आउनु भएका जनता मा. वि. चन्दनपुरका वर्तमान प्रधानाध्यापक रामकुमार चर्मकार एवं सम्पूर्ण गुरुवर्ग, अभिभावक, अग्रजहरु र साथीभाइहरुले दिनु भएको हौसला, उत्प्रेरणा र मार्गदर्शनका लागि हार्दिक नमन र धन्यवाद ज्ञापन गर्न चाहन्छौं । यस विद्यालयमा अध्ययन समाप्त गरेर देश विदेशमा रहनु भएका तमाम पूर्व विद्यार्थीहरु, गुरुवर्गहरु, अभिभावकहरु लगायत सम्बन्धित सबैबाट सहयोग, सद्भाव, मार्गदर्शन र एक्यवद्धता सदैव प्राप्त हुने विश्वास लिएका छौं ।"

नवगठित कार्यसमिति निम्न बमोजिम रहेको र यस बाहेक समितिका थप पदाधिकारी र सदस्यहरु पछि मनोनयन र चयन गरिने अध्यक्ष थापाले जानकारी दिएका छन् ।

जनता मा. वि. पूर्व विद्यार्थी एसोसिएसन, खाँदबारी-१०, चन्दनपुर, संखुवासभा--

१) अध्यक्ष : राजकुमार थापा(हाल : पोर्चुगल)

२) सदस्य-सचिव : सुवास भण्डारी(हाल : बेलायत)

३) सदस्य :  टेक घले (हाल : अमेरिका)

४)सदस्य: तारादेवी थापा चौहान(हाल : नेपाल)

५) सदस्य :  धर्म खिम्पुहाङ राई(हाल : हङकङ)

६) सदस्य : गीता राई(हाल : क्यानाडा)

७) सदस्य : खेमचन्द्र भण्डारी(हाल : नेपाल)

८) सदस्य : सविता राई फागो(हाल : अमेरिका)

९) सदस्य:भोलामान गुरुङ (हाल :अमेरिका)

१०) सदस्य : विष्णुप्रसाद पोख्रेल(हाल : नेपाल)

११) सदस्य :  ध्रुव थापा (हाल: जापान)

१२) सदस्य : रमा दाहाल (हाल : अष्ट्रेलिया)

१३) सदस्य : सेमन्त खड्का(हाल: पोर्चुगल)

(अन्य पदाधिकारी र सदस्यहरु पछि चयन र थप गरिनेछ।)

प्रमुख सल्लाहकारहरु : 

- रामकुमार चर्मकार (बहालवाला प्रधानाध्यापक)

-भक्तबहादुर श्रेष्ठ 

(बहालवाला व्यवस्थापन समिति,अध्यक्ष )

सल्लाहकारहरु :

- विद्यालयका पूर्व प्रधानाध्यापकहरु सबै ।

- विद्यालयका पूर्व संचालक/व्यवस्थापन समितिका अध्यक्षहरु सबै ।

(अन्य सल्लाहकारहरु पछि थप गरिनेछ।)

२२ फागुन २०७९, सोमबार (6 March 2023)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित