नेपालको इतिहास मै सबैभन्दा ठूलो मतान्तरसहित चितवन-२ बाट रवि लामिछाने सानदाररूपमा विजयी

नेपालको इतिहास मै सबैभन्दा ठूलो मतान्तरसहित चितवन-२ बाट रवि लामिछाने सानदाररूपमा विजयी
www.europenepalikhabar.com २०८० बैशाख १२ गते मंगलबार, 25-04-2023


चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा पार्टी सभापति रवि लामिछाने विजयी भएका छन् । गत मंसिर ४ को भन्दा धेरै मत ल्याउँदै उनी उपनिर्वाचनमा विजयी भएका हुन् । मतपरिणामअनुसार ५४ हजार १७६ मत प्राप्त गर्दै लामिछाने निर्वाचित भएका हुन् ।

उनी नेपालको प्रतिनिधि सभा निर्वाचनको इतिहास मै सबैभन्दा ठूलो मतान्तरसहित चितवन-२ बाट सानदाररूपमा विजयी बनेका छन् ।

उनले निकतटम् प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गरेका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई लामिछानेले ४२ हजार ९६२ मतले पराजित गरेका हुन् । श्रेष्ठले ११ हजार २१४ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरेका छन् । वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन-२ मा ७८ हजार २७७ मत खसेको थियो ।

यसअघि गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछानेले ४९ हजार २६४ मत ल्याउँदै चितवन-२ बाटै निर्वाचित भएका थिए । त्यसबेला उनले निकतटम् प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार २८१ मतले पराजित गरेका थिए । उमेश श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका थिए । लामिछानेले यसपटक मंसिर ४ को निर्वाचनमा भन्दा धेरै मत पाएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित