राजदूतावासको माग गर्दै एनआरएनए पोर्चुगलले परराष्ट्र मन्त्रीलाई बुझायो ज्ञापनपत्र

राजदूतावासको माग गर्दै एनआरएनए पोर्चुगलले परराष्ट्र मन्त्रीलाई बुझायो ज्ञापनपत्र
www.europenepalikhabar.com २०८० बैशाख २४ गते आइतबार, 7-05-2023


प्राग, चेक। पोर्चुगलमा नेपाली राजदूतावासको माग गर्दै एनआरएनए पोर्चुगलको तर्फबाट अध्यक्ष रविन अधिकारी र महासचिव राजकुमार थापाले परराष्ट्र मन्त्री एनपी सावदलाई ज्ञापनपत्र बुझाएका छन् ।

चेक गणतन्त्रको राजधानी प्रागमा ५-७ मे मा भएको एनआरएनए युरोप क्षेत्रको १५ औं क्षेत्रीय सम्मेलनको अवसरमा कार्यक्रमको प्रमुख अतिथिका रूपमा आउनु भएका परराष्ट्र मन्त्रीसंग यस्तो माग गरिएको हो । परराष्ट्र मन्त्री सावदले पोर्चुगलको नेपाली समुदायका लागि केही न केही व्यवस्था सरकारले गर्ने सकारात्मक उत्तर दिएको अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।

हेर्नुहोस् ज्ञापनपत्र जस्ताको तस्तै :

माननीय परराष्ट्र मन्त्रीज्यू,

परराष्ट्र मन्त्रालय, 

सिंहदरबार, काठमाडौ ।

बिषय : पोर्चुगलमा नेपालको राजदुतावास स्थापना सम्बन्धमा ।

नेपाल र पोर्चुगलको द्विपक्षीय सम्बन्ध स्थापना भएको ४७ बर्ष पुगिसकेको छ । १९७६ सेप्टेम्बर १ मा सुरु सुमधुर सम्बन्धको झन्डै आधा सताब्दी लामो यो अवधि पार गर्दै गर्दा यतिबेला युरोप आएका नेपालीहरुको प्रमुख गन्तव्य पोर्चुगल बनेको छ । यतिबेला पोर्चुगलमा ५०-६० हजार नेपाली रहेको अनुमान रहेको छ । युरोपमा नै पोर्चुगल आप्रवासीका लागि अरु देश भन्दा उदार रहेकोले अहिले नेपालीहरुको संख्या पनि दिनहुँ बढ्दो छ । पोर्चुगलबाट नेपालमा ठूलो रकम रेमिटान्सको रूपमा भित्रीरहेको तथ्यहरुले देखाउँछ । संख्याको वृद्धिसंगै समस्याहरु पनि बढेका छन् । उल्लेख्य मात्रामा नेपालीको बसोबास भएर पनि पोर्चुगलमा नेपाल सरकारको सरकारी निकाय नहुँदा ठूलो कठिनाई उत्पन्न भएको छ । 

पोर्चुगल नेपाली समुदायको ठूलो उपस्थिति भएसंगै एउटा प्रमुख माग पोर्चुगलमा नेपाली राजदूतावास स्थापना होस् भन्ने रहेको छ । NRNA युरोपको क्षेत्रीय बैठकको यो अवसर पारेर गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद पोर्चुगल(NRNA, Portugal)मार्फत  पोर्चुगलमा नेपाली राजदूतावासको मागलाई पुनः नेपाल सरकार परराष्ट्र मन्त्रीज्यू र मन्त्रालयसंग राख्न चाहन्छौं । पोर्चुगलका नेपालीहरुले भोगिरहेको राहदानीको समस्यालाई सम्बोधन गर्दै नेपाल सरकार परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायले पोर्चुगलमा एकमहिना लामो शिविर संचालन गरेकोमा यस अवसरमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । 

रविन अधिकारी 

अध्यक्ष 

राजकुमार थापा

महासचिव  

७ मे २०२३

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, पोर्चुगल(NRNA, Portugal)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित