चक्र गुरूङ, लिस्बन ।
साधारणत: अधिवेशन नीति निर्माण र नेतृत्व छनौटका लागि हुने गर्दछ तर गैरआवासीय नेपाली संघ, पोर्चुगलको नवौं अधिवेशन भने नेतृत्व छनौटमा मात्रै सीमित हुँदै जुलाई ३० मा सम्पन्न भएको छ ।
नयाँ बन्ने समितिको पदीय आकांक्षीहरुको सङ्ख्या धेरै भएकोले सहमतिको प्रयासमा समय खर्चदा नीतिगत छलफल ओझेलमा परेको हो । अघिल्लो अधिवेशनमा निर्वाचन प्रकियामा असन्तुष्टी जनाउँदै बनेको समिति र मूल समितिबीचको एकता प्रक्रियाले पनि तयारीको लागि समय अभाव भएको थियो ।