युवा व्यवसायी भिमसेन थापा जनसम्पर्क समिति पोर्चुगलमा मनोनीत

युवा व्यवसायी भिमसेन थापा जनसम्पर्क समिति पोर्चुगलमा मनोनीत
www.europenepalikhabar.com २०८० भाद्र ६ गते बुधबार, 23-08-2023


लिस्बन । पोर्चुगलका  युवा व्यवसायी भिमसेन थापा नेपाली जनसम्पर्क समिति पोर्चुगलमा मनोनीत भएका छन् । जनसम्पर्क समिति पोर्चुगलका सभापति वकिल केसीले उनलाई कार्यसमिति सदस्य मनोनीत गरेका हुन् ।

थापा नेपालमा हुँदा नेपाली काँग्रेस सम्बद्ध  तरुण दल लगायतमा आवद्ध थिए । पोर्चुगल  आएपछि उनी समाजसेवा पनि उत्तिकै सक्रिय छन् । थापा गैरआवासीय नेपाली संघको आसिसी सदस्य समेत हुन् । सन् २०१९-२१ कार्यकालमा उनी एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष थिए ।

युवा व्यवसायी थापा पोर्चुगल र नेपालमा रेस्टुरेन्ट व्यवसाय र हस्पिटालिटी क्षेत्रमा लगानी गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित