एनआरएनए केन्द्रीय समितिको बैठक : ३६ विभाग गठन, कसकसले पाए विभागीय नेतृत्व ?

एनआरएनए केन्द्रीय समितिको बैठक : ३६ विभाग गठन, कसकसले पाए विभागीय नेतृत्व ?
www.europenepalikhabar.com २०८० मंसीर ११ गते सोमबार, 27-11-2023


युरोप । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संगठन विस्तारको लागि ३६ वटा समिति गठन गरेको छ । बैठकले ती समिति मध्य केहीमा संयोजक समेत तोकेको छ ।

संघका प्रवक्ता फणीन्द्र पन्तका अनुसार सय मिलियन फण्ड परियोजनाको संयोजकमा डा. बद्री केसी, स्मार्ट एनआरएनएको संयोजकमा गौरीराज जोशी, मिडिया समितिको संयोजकमा फणिन्द्र पन्त, सामाजिक साझेदारी समिति संयोजकमा सुदन थापा, लेखापरीक्षण समितिको संयोजकमा इन्द्र लामा, वान एनसीसी वान परियोजनाको संयोजकमा डा. हेम राज शर्मा, पर्यटन प्रवद्र्धन समितिको संयोजकमा सोम सापकोटा, भाषा तथा साहित्य समितिको संयोजकमा भिमकमल केसी, संस्कृति र सम्पदा समिति संयोजकमा प्रविन गुरुङ्ग तोकिएका छन् ।

यस्तै, वैदेशिक रोजगार राहत कोष समिति संयोजकमा राज रेग्मी, सामाजिक सुरक्षा कोष समितिको संयोजकमा मनोज श्रेष्ठ, व्यापार र लगानी प्रवद्र्धन समितिको संयोजकमा डा. केशव पौडेल, कृषि समितिको संयोजकमा प्रोफेसर जगदिश तिमल्सीना, नेपाल विज्ञान प्रतिष्ठानको संयोजकमा डा. राजु अधिकारी, नेपाली नागरिकता निरन्तरता समितिको संयोजकमा रामशरण सिमखडा चयन भए ।

बैठकले पिएनओको संयोजकमा कुमार कार्की, भूपूगोर्खा कल्याणकारी समितिको संयोजकमा चन्द्र गुरुङ, महिला कल्याण कोष समितिको संयोजकमा रोजिना प्रधान राई, महिला उद्यमशीलता समितिको संयोजकमा अमृता थापा, सडक वालबालिका समितिको संयोजकमा टिका गुरुङ (राधिका), महिला सशक्तिकरण समितिको संयोजकमा अनुजा प्रधानलाई जिम्मेवारी तोकिएको छ ।

यस्तै, अनुशासन समिति, संविधान व्याख्या समिति, संविधान संशोधन समिति, पर्यवेक्षण समिति, अनुगमन र मूल्याङ्कन समिति, एक प्रदेश एक मोबाइल ब्लड बस परियोजना, बाल शिक्षा सहयोग समिति, विपद् व्यवस्थापन समिति, वैदेशिक रोजगार समिति, विदेशमा नेपाली सामान प्रवद्र्धन समिति, मताधिकार समिति, एनआरएनए ग्लोवल नेपाली डायस्पोरा एकता समिति, खेलकुद एकेडेमी, दोस्रो पुस्ता र युवा परिचालन समिति, विद्यार्थी तथा युवा उद्यमशीलता समितिको संयोजक पछि तोक्ने बैठकले निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघले भूकम्प प्रभावित जिल्लाहरु जाजरकोट र रुकुम पश्चिम केन्द्रीत रहेर पुर्नरनिमार्णमा सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघका प्रवक्ता फणिन्त पन्तका अनुसार आइतवार बसेको संघको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकले संघको ११ औं महाधिवेसनका क्रममा निर्वाचन प्रकृयामा देखिएको असन्तुष्टीलाई सम्बोधन गर्ने उदेश्यले एक अन्तराष्ट्रिय अडिट कम्पनी खोज्न ११ जना रहेको विषेश समिति गठन गरेको छ ।

वैठकले पोर्तुगलमा गतसाता निधन भएका धन बहादुर क्षेत्रीको परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको संघले जनाएको छ ।

बैठकले संघको वैदेशिक रोजगार कल्याणकारी राहात कोष अन्तर्गत रहेको फन्डबाट नेपालमा शव ल्याउन परेमा नियमित सहयोग जारी राख्ने निर्णय गरेको छ।

बैठकले जनवरी २०, २१ मा नेपालमा फेस टु फेस बृहत बैठक गरेर संघका आगामी दुई वर्षको लागि कार्ययोजना तय गर्ने तथा संघभित्र भिजन २०५० एण्ड बियोंड अघि सार्ने निर्णय गरेको छ ।

खेलाडीलाई सहयोग 

बैठकले विदेशमा रहेका नेपाली खेलाडीहरुलाई आवश्यक पर्ने सहयोग गर्ने समेत निर्णय गरेको छ । पोर्तुगल निवासी निशान हमाल नेपालको राष्ट्रिय टिममा छनोट भएकोमा बैठकले बधाई ज्ञापन गर्दै तथा खुशी व्यक्त गरेकोे छ । यस्तै, माल्टा निवासी सुरज दराइ, माल्टाको राष्ट्रिय पुरुष क्रिकेट टिममा र सुस्मा दाहाल, ज्योति न्यौपाने र प्रतिभा भण्डारी माल्टाको महिला राष्ट्रिय क्रिकेट टिममा छनोट हुनुभएकोमा उनीहरुको प्रोत्सान स्वरुप जनही रु १ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिम अन्तराष्ट्रिय टि २० मा छनोट भएकोमा राष्ट्रिय टिमलाई हार्दिक बधाई ज्ञापन गरेको छ । खेलाडीहरुको सम्मानको लागि संघले तत्काल रु १० लाख सहितले सम्मान गर्ने निर्णय गरेको छ।

मिति: २६ नोवेम्बर २०२३ ,मा बसेको एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्को निर्णयहरुको प्रेस नोट , सम्पूर्णको जानकारीको लागि सम्प्रेषण गरिएको छ ।
________________________________________________________
गैर आवासीय नेपाली संघ
अन्तराष्ट्रिय समन्वय परिषद  

मिति: २६ नोवेम्बर २०२३ ,
स्थान:  हाइब्रिड ; काठमाडौँ तथा अनलाइन ( ग्लोबल सहभागिता )
अध्यक्षता: डा बद्रि के सी ( नेपाल बाट ) संचालन: महासचिब गौरीराज जोशी(अमेरिका बाट )

गैर आवासीय नेपाली संघको आज बसेको अन्तराष्ट्रिय समन्वय परिषदको पूर्ण बैठकले निम्न संस्थागत तथा समसामयिक विभिन्न विषयवस्तुहरुमा गहन छलफल पश्चात निम्न निर्णयहरु गरेको छ ।

 १, निर्वाचनको प्राविधिक अडिट तथा छानवीन: संस्थाले अक्टोबर २०२३ मा सम्पन्न निर्वाचनको प्राविधिक पाटो लगायत अनलाइन भोटिंग विस्तृत आइटि अडिट गर्ने र जसको लागि एक अन्तराष्ट्रिय कम्पनीको छनौट तथा समन्वय गर्न ११ सदस्यीय विशेष समिति गठन गर्ने निर्णय भएको छ । उक्त समितीले आजको १५ दिन भित्र कम्पनी छनौट गरी २१ दिन भित्र काम शुरु गरी सम्पूर्ण पंजीकृत सदस्यको जानकारीको लागि विस्तृत विश्लेषण सहितको अडिट रिपोर्ट निकाल्ने छ ।

निश्चित कार्य तथा समयसिमा तोकिएको यस बिशेष समितिमा उपाध्यक्षहरु डा हेमराज शर्मा , राज रेग्मी , रोजिना प्रधान , महासचिब गौरी राज जोशी , उप महासचिब सोम सापकोटाको साथमा ६ वोटा क्षेत्रका क्षेत्रीयसंयोजकहरु डा चिरन्जिबी खड्का ( युरोप ) , बेद बस्नेत ( अमेरिका ) , हरि भट्टराई ( एसिया प्यासेफिक ),  पुस्पराज भट्टराई ( अफ्रिका ) , राजेन्द्र अर्याल (मध्ये पुर्ब ) , दिनेश पोखरेल ( वोसेनिया ) हुनुहुन्छ ।

 २, हालै नेपालमा गएको (जाजरकोट, रुकुम) भूकम्प सहयोग राहत तथा पुन निर्माणमा एनआरएनएको भूमिकाः

क ) राहत तथा आर्थिक सहयोग: आपतकालीन उद्दार अन्तर्गत संघ ले तत्काल १ करोड १० लाख घोषणा गरी शुरु गरेको अभियानमा रु १ करोड ३० लाख राहत संकलन भएको छ । जसमध्य १० लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको र करिब रु ५३ लाख राहत सामग्री बाडिएको छ ।
 ख ) भूकम्पमा पुनःनिर्माण कार्यनीतिः नेपाल सरकारसंग समन्वय गरेर पुनःनिर्माणमा सहभागी हुने नीति निर्णय गरेको छ ।  संस्थाको नाममा विश्वभरबाट संकलन हुने राहत सहयोग सम्पूर्ण राष्ट्रिय समन्वय परिषदको आधिकारिक बैंक मार्फत नेपालमा हुने सहयोग तथा पुन निर्माणको कार्यमा संघ ले एकीकृत रुपमा प्रभाबकारी कार्य गर्ने भएको छ ।

 ३, विविध संवेदनशील मानबिय सहयोग सम्बन्धि निर्णय  :
 क) पोर्तुगलमा भएको अपराधिक आक्रमणबाट निधन भएका मृतक धन बहादुर क्षेत्रीको परिवारमा संघ हार्दिक समबेदना प्रकट गर्दै तत्काल रु २ लाखको सहयोग गर्ने निर्णय भयो  ।प्रवासका घटिरहेका यस किसिमका हत्या, मृत्यु तथा आत्माहत्याका कारुणिक घटना प्रति संघ जानकार र संवेदनशील रहेको छ । संघको बैदेशिक रोजगार कल्याणकारी राहात कोष अन्तर्गत रहेको कोषबाट नियमित सहयोग जारी राख्ने तथा नेपाल सरकारका बैदेशिक निकायहरुको समन्वयमा पनि यस्ता दुखद घटनाहरुको रोकथाम गर्न चेतनामुलक कार्यक्रमहरु पनि अघि सार्ने र कारुणिक घटनमा प्रभावकारी सहयोग गर्ने निर्णय भएको छ । क्षेत्रीय संयोजकहरु मार्फत आफ्नो क्षेत्रका नेपाल सरकारको निकायहरुको पनि सहभागिता र समन्वय रहनेगरी आफ्नो क्षेत्रका एनसीसीको सहभागितामा प्रबासका नेपालीको आपत बिपद् मा तत्काल सहयोग गर्न सकिने संरचना बनाउन पहल गर्ने निर्णय गरियो ।
 ख) एनआरएनए महिला विभागको पहलमा युएईमा आत्महत्या गरी निधन भएको एक महिलाको पार्थिव शरीर नेपाल ल्याउनको लागि रु ९० हजार तत्काल युएईका अध्यक्ष विकास साहीजी मार्फत उपलब्ध भएको छ ।

 ४, एनआरएनए समाज कल्याण विभागको पहलमा गैर आवासीय नेपाली नागरिकता लागि सहजीकरण हेल्प डेस्क शुरु भएको छ ।
 ५) विभाग विस्तार : संघको विधानत विभिन्न अन्तर्गतका समिति र टास्क फोर्स कार्यदल गठन सुरु भएको छ।   डिसेम्बर २०२३ भित्र विधानले व्यवस्था गरेको सम्पूर्ण मनोनयन नियुक्ति गरी कार्यसमितिलाई पूर्णता दिने निर्णय भयो।    जनवरी २१, २२ मा नेपालमा वृहद बैठक "फेस टु फेस"  को आयोजना गर्दै संघको आगामी दुइ वर्षे योजना गर्ने तथा ''२०५० एण्ड बियोंड भिजन'' अघि सारिने निर्णय भएको छ । त्यसैगरी हाल संघको केन्द्र , क्षेत्र र राष्ट्रिय समन्वय परिषद्को राम्रो समन्वयको लागि ६ वटै क्षेत्रमा क्षेत्रीय समन्वय समितिले एनसीसीको सहभागितामा कार्यसमितिको वृहद क्षेत्रीय छलफल / मिटिंग तत्काल गर्ने निर्णय भएको छ ।

 ६) दोश्रो तथा युवा पुस्ता प्रोत्साहन स्वरुप माल्टामा रहेका नेपाली युवाहरु तथा पोर्तुगलमा रहेका खेलाडीहरु उक्त देशका राष्ट्रिय टिममा छनोट हुनुभएकोमा संघ उहाहरुलाइ हार्दिक बधाई सहित सम्मान गरियो  । निशान हमाल पोर्तुगलबाट नेपाली फुटबल राष्ट्रिय टिममा छनोट हुनुभएको ,  माल्टा निबासी युबाहरु सुरज दराइ , माल्टाको राष्ट्रिय पुरुष क्रिकेट टिममा तथा , सुस्मा दाहाल ,  ज्योति न्यौपाने र प्रतिभा भण्डारी महिला माल्टाको राष्ट्रिय क्रिकेट टिम मा छनोट हुनुभएको मा जनही रु १ लाख तथा संघ उहाहरुलाइ हार्दिक बधाई सहित सम्मान गर्दछ । साथै नेपाली राष्ट्रिय क्रिकेट टिमले अन्तराष्ट्रिय टि २० मा छनोट भएकोमा हार्दिक बधाई सहित तत्काल नगद रु १० लाखले सम्मान गर्ने निर्णय भएको छ ।

 ७) सपथ ग्रहण : संस्थामा विभिन्न पदमा निर्वाचित तथा मनोनित भइ सपथ लिन बाकी केहि सदस्यहरुको सपथ ग्रहण आज पनि काठमाडौँमा उपस्तिथ भएर तथा विभिन्न स्थानबाट ( बाधा अड्चन फुकाउ भन्ने बैधानिक व्यवस्था अन्तर्गत आइ सी सी को निर्णय अनुसार ) अन्तराष्ट्रिय समन्वय परिषद्को बैठकमा सम्पन्न भएको छ । यो प्रक्रियालाइ निश्चित समयसम्म मात्रको लागि कायम राखी सबैलाई संस्था प्रति उत्तरदायीबनाउने निर्णय भएको छ ।

बैठकको पूर्ण जानकारी विस्तृत विवरण सहित माइनुटमा अभिलेखीकरण हुने साथसाथै संस्थाका सबै निकायलाई समयमै इमेल मार्फत पनि उपलब्ध हुनेछ ।

हार्दिक धन्यवाद ।
 
फणिन्द्र पन्त

प्रबक्ता

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित