एमाले संखुवासभाको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा खड्ग राई, को को छन् नयाँ कमिटीमा ?

एमाले संखुवासभाको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा खड्ग राई, को को छन् नयाँ कमिटीमा ?
www.europenepalikhabar.com २०८० फागुन २३ गते बुधबार, 6-03-2024


 संखुवासभा । नेकपा एमाले संखुवासभाको अध्यक्षमा खड्ग राई सर्वसम्मत निर्वाचित भएका छन् भने अन्य पदमा निर्वाचन भएको छ । सदरमुकाम खाँदबारीमा सोमबार उद्घाटन भएको नवौँ जिल्ला अधिवेशनले गएराति मात्रै पूर्णता पाएको हो । बन्दसत्रपछि मंगलबार राईलाई जिल्ला कमिटी अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरिएको हो ।

अध्यक्षमा चैनपुर नगरपालिका पूर्वमेयर तथा नेता भरत खत्रीले उम्मेदवारी फिर्ता लिएसँगै राई सर्वसम्मत भएका हुन् । जिल्ला अध्यक्ष र केही जिल्ला कमिटी सदस्य सर्वसम्मत चयन भए पनि उपाध्यक्ष, सचिव र उपसचिवलगायत पदाधिकारी, जिल्ला कमिटीका केही सदस्य पदमा भने निर्वाचन भएको थियो ।

उक्त निर्वाचनद्वारा उपाध्यक्षमा शान्तिकुमार दाहाल, सचिवमा गोपाल श्रेष्ठ, उपसचिवमा लेखनाथ बुढाथोकी र महिला उपसचिवमा सुनिता कटुवाल कार्कीलगायत ८५ जना सदस्य चयन भएका छन् । 

उपाध्यक्षमा पाँचजनाले प्रतिस्पर्धा गरेका थिए । जसमा शान्तिकुमार दाहाल, धनसिंह जिमी, सुमन श्रेष्ठ, यादव अधिकारी र वाङदावी भोटे रहेका थिए ।  चारैजना प्रतिस्पर्धीलाई पछि पार्दै शान्तिकुमार दाहाल एक सय ६८ मतसहित विजयी बनेका छन् ।

यसैगरी, सचिवमा तीनजनाले प्रतिस्पर्धा गरेका थिए । जसमा नारायण कटुवाल, गोपाल श्रेष्ठ र भरत खड्का रहेका थिए । गोपाल श्रेष्ठले दुई सय २५ मतसहित विजयी बनेका छन् । 

यस्तै, उपसचिवमा ललित कटुवाल र लेखनाथ बुढाथोकीले प्रतिस्पर्धा गरेका थिए । बुढाथोकी एक सय ९३ मतसहित विजयी भए । यसैगरी, महिलातर्फ उपसचिवमा चारजनाले प्रतिस्पर्धा गरेका थिए । जसमा सुनिता कटुवाल कार्की, मनमाया तामाङ, हेमकुमारी चौहान र अम्बिका भुजेल रहेका थिए ।

तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै सुनिता कटुवाल कार्की एक सय ९८ मतसहित विजयी भइन् । गएराति अबेर मात्रै निर्वाचन भएको हो । यस अधिवेशनमा चार सय ६८ मतदाता रहेका थिए । तीमध्ये चार सय ३९ मत खसेको निर्वाचन समितिले जनाएको छ । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित