पोर्चुगलको राष्ट्रिय गान

पोर्चुगलको राष्ट्रिय गान
www.europenepalikhabar.com २०८१ जेठ ३२ गते शुक्रबार, 14-06-2024


अनुवादक- स्पन्दन विनोद

१.

समुद्रका नायक, महान जाति,

वीर र अमर राष्ट्र,

अब फेरि एक पटक उठ्ने समय हो,

पोर्चुगलको भव्यता

सम्झनाको कुहिरोबाट,

हे मातृभूमि, हामी आवाजहरू सुन्छौं

तिम्रो महान पुर्खाहरुको

जसले तिमीलाई विजयमा लैजान्छ !

कोरस :

हतियारमा ! हतियारमा !

जमिन र समुद्र मा !

हतियारमा ! हतियारमा !

हाम्रो मातृभूमिको लागि लड्न !

२.

फहराउन नसकिने झण्डा

आकाशको उज्यालोमा !

युरोप र संसारलाई चिच्याऔँ

पोर्चुगल नष्ट भएको छैन ।

तिम्रो खुशीको भूमि चुम्बन भयो

प्रेमले गनगन गर्ने सागरबाट

र तिम्रो विजयी हात

संसारलाई नयाँ संसार दिएको छ !

कोरस :

उदाउँदो सूर्यलाई नमस्कार

हँसिलो भविष्यमा

अपमानको प्रतिध्वनि होस्

हाम्रो पुनरुत्थानको लागि संकेत ।

त्यो शक्तिशाली बिहानीका किरणहरू

आमाको चुम्बन जस्तै छन्

जसले हामीलाई सुरक्षा र समर्थन गर्दछ

भाग्यको अपमान विरुद्ध ।


रचनाकार - ह्यानरिक लोपेज दी मेन्दोन्सा (१८९०)

संगितकार - अल्फ्रेदो केली (१८९०)

अपनाइएको - ५ अक्टोवर,१९१०

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित