आउ प्रियतम् हामी रोपाई गरौं !

आउ प्रियतम् हामी रोपाई गरौं !
www.europenepalikhabar.com २०८१ असार १५ गते शनिबार, 29-06-2024


- ममता लैलै (कामजिज्ञासु लेखक)

आउ प्रियतम्

हामी रोपाइ गरौं

बर्खा लागेको छ त्यसैले 

केही दिन भयो सिमसिम पानी परेको छ

तल बेसीमा भएको खेतमा आली लगाउनु छ ।


आउ प्रियतम्

हामी रोपाइ गरौं

सिमसिम झरिमा भिज्दै हामी 

खेतमा आली लगाउँ

अनि त्यो खेतलाई पहिले पानी छिपछिप भिजाउँ

खेतलाई हामी गीलो गीलो हिलो बनाउँ

यही बेलामा मुसलधारे पानी परिदिन्छ

यही पानीको फाइदा उठाउँदै हामी 

अब खेतलाई पुरै पानीले भिजाउँ ।


आउ प्रियतम्

हामी रोपाइ गरौं

पानीले भिजेको खेतमा हामी 

हिले जात्रा मनाउँदै

धानका बीउ लगाउँ 

हामी मेहनत गरौं

पसिना बगाउँ ।


आउ प्रियतम्

हामी रोपाइ गरौं

अब त धेरै काम भयो 

थकाइ लागे जस्तो भयो 

एउटा कुटुरोमा पोको पारेर

दहि चिउरा केरा लेराएका थियौं

हामी एउटा छाहारीमा बसेर खाजा खाँउ,

आउ प्रियतम्

हामी रोपाइ गरौं ।।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित